Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:11 | बिहिबार ०१, कार्तिक २०७५ १८:११
७ नम्बर प्रदेशका १२ क्षेत्रमा मतदान सुरु

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi
७ नम्बर प्रदेशका १२ क्षेत्रमा मतदान सुरु

एफएम संवाददाता
मंसिर २१  धनगढी  

प्रदेश नम्बर ७ का ५ जिल्लामा दोस्रो चरणको निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ ।

५ वटै जिल्लाका १२ निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट एकसाथ मतदान सुरु भएको हो । क्षेत्रिय प्रशासन कार्यालय दिपायलका अनुसार कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछामका १ हजार ३ सय २९ मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

सबै केन्द्रमा मतदाताको उत्साहपुर्ण सहभागिता रहेको सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभाका २४ र प्रतिनिधीसभाका १२ सिटका लागि हुन लागेको निर्वाचनमा साँझ ५ बजेसम्म १० लाख ५० हजार ७ सय ३३ जना मतदाताले मतदान गर्दैछन् ।

कैलालीमा ४ लाख ६० हजार ५ सय ८०, कञ्चनपुरमा २ लाख ६४ हजार ९ सय ७५,डोटीमा १ लाख ६ हजार ५ सय ४३, अछाममा १ लाख ३६ हजार ९ सय ३ र डडेल्धुरामा ८१ हजार ७ सय ३२ जना मतदाताले मतदानमा सहभागिता जनाउदैछन् ।

पाँचवटै जिल्लामा प्रतिनिधीसभाका ८६ र प्रदेशसभाका लागि १ सय १९ जना प्रतिस्पर्धांमा रहेका छन् ।   

 


बिहिबार २१, मङि्सर २०७४ ०८:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस