New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:09 | आइतबार ०६, साउन २०७५ १६:०९
अछाममा शान्तिपुर्ण रुपमा मतदान सुरु, एमाले रावलले उपाध्यक्षले गरे मतदान

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

एफएम संवाददाता
मंसिर २१ अछाम   

दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव अन्तर्गत अछाम मतदान सुरु भएको छ ।

बिहान ७ बजेदेखि अछामका १ सय ९७ मतदानकेन्द्रमा मतदान प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभयो । जिल्लाभर शान्तपुर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यलय अछामले जानकारी दिएको छ ।

यसैबिच नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले बिहान ७ बजे मतदान गर्नुभएको छ । अछामको साफेबगर नगरपालिका–६ मा रहेको सूर्योदय प्रावि मतदान केन्द्रबाट भोट हाल्नुभएको अछामका पत्रकार एकेन्द्र महतोले जानकारी दिनुभयो ।  
   
 


बिहिबार २१, मङि्सर २०७४ ०८:३८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस