---
Wednesday, January 17 2018, 04:31 | बुधबार ०३, माघ २०७४ ०४:३१
बझाङमा कैदीका लागि ब्ल्याङ्केट र कार्पेट सहयोग

बुधबार, २० मङि्सर २०७४| Radio Dhangadhi

एफएम संवाददाता
मंङसीर २० बझाङ

बझाङमा प्रहरी कार्यलयका थुनुवाका लागि १० हजार बराबरको ब्ल्याङ्केट र कार्पेट सहयोग गरिएको छ ।

स्थानीय समाजसेवी जीवनबहादुर सिंहले २ वटा ब्ल्याङ्केट र एउटा कार्पेट गरी १० हजारको सामान प्रहरी कारागारमा थुनिएका कैदीका लागि सहयोग गरेको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।

थुनुवाका लागि बिच्छ्याउने र ओड्ने केही नभएका कारण आफूले सामान्य सहयोग गरेको सिंहले बताउनुभयो । थुनुवाका लागि थप सहयोग गर्न चन्दा संकलनमा जुटेको सिंहले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यलयमका थुनुवा खाली कोठामा बिछ्याउने र ओड्नेबिना रात बिताउँदै आएका थिए ।


बुधबार २०, मङि्सर २०७४ ११:३० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस