New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:12 | आइतबार ०६, साउन २०७५ १६:१२
हिमाली जिल्लामा हिमपात हुदा जनजीवन कष्टकर

मङ्गलबार, १९ मङि्सर २०७४| Radio Dhangadhi
हिमाली जिल्लामा हिमपात हुदा जनजीवन कष्टकर

एफएम संवाददाता
बाजुरा, १९ मंसिर ।

बाजुरालगायत सुदूर पश्चिमका उच्च हिमाली जिल्लामा परेको हिमपातले चिसो बढाउँदा त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ । केही हिमाली क्षेत्रमा मंगलबार बिहानबाट दिनभर पानी र हिउँ परेका कारण जनजीवन कष्टकर भएको छ । बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपातका कारण गाउँबाट सदरमुकाम आउने मानिसलाई समस्या भएको छ ।

हुम्ला, मुगु र बाजुराका मानिसहरु अछामको साँफेबगर भएर बाजुरा हुँदै घर जान नपाउँदा समस्यामा परेका छन् । चिसो बढेपछि बच्चा र बुढापाकालाई पनि समस्या भएको छ ।  हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, जुकोट लगाएतका उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो ।

यता लामो समय देखि पानी नपरेर कृषि बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि कृषकहरु खुशि भएका छन् । पानीले अन्न बाली राम्रो हुने भएपछि कृषकमा खुसीयाली छाएको हो । तर हिउँदे बालीलाई पुग्ने गरी पानी भने अझै नआएको कृषकहरु बताउँछन् ।   


मङ्गलबार १९, मङि्सर २०७४ ०७:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस