---
Wednesday, January 17 2018, 04:34 | बुधबार ०३, माघ २०७४ ०४:३४
गोलकिपरको गोलमा बेनेभेन्टोले रच्यो इतिहास

सोमबार, १८ मङि्सर २०७४| Radio Dhangadhi

१७ मंसिर, काठमाडौं ।

गोलकिपर अल्बेर्टो ब्रिग्नोलीले इन्जुरी टाइममा एसी मिलानविरुद्ध बराबरी गोल गरेका छन् र बेनेभेन्टोले सिरी एमा पहिलो पटक इटालियन जाइन्टसँग अंक खोसेको छ ।


बेनेभेन्टोले एसी मिलानसँग २-२ को बराबरी खेलेको हो । युभेन्टसबाट लोनमा आएका किपर ब्रिग्नोलीले डानिलोको फ्रिकिकमा हेड गोल गरेका हुन् ।

यो गोलसँगै अंक तालिकाको पुछारमा रहेको ब्रिग्नोलीले १४ खेलको हारको यात्रामा पूर्ण विराम लगाएको छ । ‘गुमाउनु केही थिएन’ ब्रिग्नोलीले भने, ‘मैले आँखा बन्द गरेँ र उफिर््र । यो फवार्डको होइन, गोलकिपरको गोल थियो । ‘

एसी मिलान अंक तालिकाको सातौं स्थानमा छ र १५ खेलबाट २१ अंक जोडेको छ ।


अनलाइनखबरबाट साभार गरिएको ।


सोमबार १८, मङि्सर २०७४ ०५:१२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस