---
Sunday, June 24 2018, 20:40 | आइतबार १०, असार २०७५ २०:४०
फिल्मः सन्नी लियोनीको पट्यारलाग्दो इन्तजार

आइतबार, १७ मङि्सर २०७४| Radio Dhangadhi
फिल्मः सन्नी लियोनीको पट्यारलाग्दो इन्तजार

फिल्मः तेरा इन्तजार

निर्देशक- राजीव वालिया


कास्टः सन्नी लियोनी, अरबाज खान

अंग्रेजी बर्षलाई गतिलो ढंगले बिट मार्नेछ संभवत सलमान खानको ‘टाइगर जिन्दा है’ ले । यसअघि भने बलिउडमा एक किसिमको रिक्तता छाएको छ । बर्षको आखिरीतिर सलमानकै भाई अरबाज अभिनित फिल्म चलिरहेको छ । यद्यपी अरबाज भन्दापनि सन्नी लियोनीको फिल्म हो । पोर्न उद्योगबाट बलिउडमा अवतरण गरेकी सन्नीको भागमा आजको मितिसम्म गतिलो फिल्म भने पर्न सकेको छैन । पछिल्लो फिल्म ‘तेरा इन्तजार’ पनि त्यसैको सिलसिला हो ।

सन्नी लियोनी भन्नसाथ फिल्म ‘हट’ हुने नै भयो । जाडो महिनामा ‘हट’ फिल्मलाई भारतिय सेन्सर बोर्डले पनि छेकबार लगाएको छ । खासगरी किशोर उमेर समूहकाले यो फिल्म हेर्ने अनुमति छैन ।

फिल्मको विकाउ कन्टेन्ट भनेकै सन्नी लियोनीको कामुक काय हो । त्यस बाहेक यसको अरु गतिलो कन्टेन्ट छैन, न कथा, न अभिनय, न प्रस्तुती, न बिषय ।

जब फिल्ममा यी कुरा हुँदैन, तब निर्देशकरनिर्माताले टिकट काउन्टरमा दर्शकको ‘इन्तजार’ गर्नुपर्ने हुन्छ । ठीक यहि नियती छ ‘तेरा इन्तजार’को ।

कस्तो छ कथा ?

आफ्नो प्रेमिकाको खोजिमा भौतारिहेकी एउटी युवतीको कथा हो यो । रोमान्टिक थ्रिलर फिल्ममा अरबाज र सन्नीको जोडी देखाइएको छ । रौनक ९सन्नी० र राजीव ९अरबाज० बीचको प्रेमकथा हो यो । राजिव पेन्टर हुन् ।

उनी काल्पनिक चित्र बनाउँछन् । यो तस्वीर सन्नी लियोनीसँग दुरुस्तै मिल्न पुग्छ । यही सिलसिलाले जोड्दै उनीहरुलाई आपसमा नजिक ल्याउँछ । दुबै प्रेममा पर्छन् । एकअर्काको ख्याल राख्छन् । तर, अचानक राजिव गायब हुन्छन् । पछि थाहा हुन्छ, कि राजिवको मृत्यु भइसकेको छ ।

त्यसबीचमा केहि व्यक्ती रौनकमाथि मौकाको फाइदा उठाउन लागिपर्छन् । उनलाई सताउने गर्न थाल्छन् । अब यो दूर्दशाबाट बचाउन राजीवको आत्मा आइपुग्छ । उनले आफ्नी प्रेमिकालाई त बचाउँछन् नै हत्याराको बदला पनि लिन्छन् ।

फिल्मको कथा फितलो छ । कथामा कुनै कनेक्सन प्वाइन्ट देखिदैन । कथामा केहि उतारचढाव ल्याइएको छ । तर, त्यो सिलसिलाबद्ध छैन । न विश्वसनिय ढंगले नै ।

अनलाइनखबरबाट साभार ।


आइतबार १७, मङि्सर २०७४ ०६:३१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस