---
Monday, December 10 2018, 23:58 | सोमबार २४, मङि्सर २०७५ २३:५८
नेपाली विमान ईयूको कालोसूचीमै, किन हटेन युरोपको प्रतिवन्ध ?

आइतबार, १७ मङि्सर २०७४| Radio Dhangadhi
नेपाली विमान ईयूको कालोसूचीमै, किन हटेन युरोपको प्रतिवन्ध ?

१७ मंसिर काठमाडौं ।

नेपालका विमान कम्पनीहरुलाई यो वर्ष पनि युरोपेली युनियन ९ईयू० ले आफ्नो कालोसूचीमा कायमै राखेको छ । युरोपका २८ वटा देशका आकाशमा उड्नको लागि नेपालका विमानलाई प्रतिवन्ध लगाउने गरी ईयूले नेपाली विमानलाई कालोसूचीमा कायमै राखेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति पत्र ९एओसी० जारी गरेका सबै नेपाली सबै विमान कम्पनीलाई ईयुले कालोसूचीमा राखेको हो । नेपालममा एओसी वितरण सही तरिकाले नहुने ईयूको बुझाई छ ।

१६ देशका १ सय ७८ वटा विमान कम्पनीहरुलाई ईयूले यो वर्ष कालोसूचीमा राखेको छ । नेपालमा हवाई सुरक्षाको अवस्था चार वर्ष अघिकै अवस्थामा रहेको ईयूको निष्कर्ष छ । र, यसमा कुनै सुधार नभएको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको हो ।

कात्तिक २७ देखि २९ गतेसम्म बसेको बैठकमा ईयूले नेपालको कालोसूची पुनरावलोकन बारेमा पनि छलफल गरेको थियो । हवाई क्षेत्रमा भएको कमजोर भौतिक संरचना र फितलो कानुनका कारण यस वर्ष पनि ईयूको कालोसूचीमा परेको जानकारहरु बताउँछन् ।

पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार ईयू र आईकाओले लामो समयदेखि नेपाललाई स्वतन्त्र हवाई दुर्घटना निकाय गठन गर्न भनिरहेका छन् । तर यो निकाय अहिलेसम्म गठन हुन सकेको छैन ।

अहिले हवाई दुर्घटना भएससँगै विभिन्न समिति बनाएर अध्ययन गरिन्छ । तर उक्त रिपोर्टले दिएको सुझावलाई कार्यान्वयन भने गरिँदैन । यो कार्यान्वयन भए नभएको बारेमा अध्ययन गर्ने निकाय नभएका कारण रिपोर्टले दिएको सुझावहरु कार्यान्वयन नआएको मानन्धर बताउँछन् ।

साथै ईयूले नेपाललाई प्राधिकरणलाई सेवा प्रदायकबाट अलग बनाएर नियामक निकायको रुपमा मात्रै राख्नुपर्ने बताउँछ । अहिले प्राधिकरण आफैले सेवा पनि दिन्छ र नियमन पनि गर्छ ।

त्यस्तै विभिन्न विमानस्थलको निर्माण प्रक्रिया अघि बढाए पनि सहि ढङ्गले अघि बढ्न सकेको छैन । कमजोर भौतिक संरचना भएपनि प्राधिकरणले नयाँ विमान कम्पनीहरुलाई उडान अनुमति दिन भने छाडेको छैन । जसका कारण त्रिभुवन बिमानस्थलको आकाश र मैदान दुबैमा जहाज होल्डिङ हुने समस्या छ ।

‘सरकारले चाहेको बेला महानिर्देशक हटाउन सक्ने भनेर ऐनमा व्यवस्था छ , यसलाई हटाएर महानिर्देशक दिगो रुपमा रहने व्यवस्था गर भनेको छ, तर हामीले ऐनमा सुधार गर्न सकेका छैनौ,’ मानन्धर भन्छन् ।

प्राधिकरणका हवाई शुरक्षा विभागका प्रमुख राजन पोखरेलका अनुसार ईयूले बैठक बस्नु अघि प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतम सरुवाको बारेमा के के भएको हो भनेर पटक(पटक चासो राखेको थियो । बैठक बस्ने पूर्वसन्ध्यामा नै प्राधिकरणका महानिर्देशक हटाउने चलखेलको समाचार बाहिर आएको थियो ।

प्राधिकरणमा निजी विमान कम्पनीको दवदवा हुने ईयूको बुझाई छ । यसरी नियमन गर्ने संस्था नै निजी बिमान कम्पनीको प्रभावमा पर्ने भएका कारण नेपाल हवाई शुरक्षाका बिषयमा कमजोर रहेको उसको बुझाई छ ।

जसका कारण नै नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमतिपत्र जारी गरेका सबै बिमान कम्पनीलाई ईयूले कालोसूचीमा राखेको छ ।

सन् २०१३ मा कालोसूचीमा राख्ने निर्णय गर्दा नेपालबाट प्रतिनिधि बोलाएको थियो । तर यसपाली भने ईयूले नेपाललाई बैठकमा बोलाएको थिएन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ०को गम्भिर सुरक्षा चासो ९एसएससी०बाट भने नेपाल गत ६ साउनमै नेपाल हटिसकेको छ ।

आईकाओको एसएससीकै आधारमा ईयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । तर अहिले भने ईयूले आईकाओले कालोसूचीबाट हटाएकै भरमा नेपालका विमान कम्पनीलाई कालोसूचीबाट हटाएको छैन ।

अनलाइनखबरबाट साभार ।


आइतबार १७, मङि्सर २०७४ ०६:२६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस