---
Wednesday, January 17 2018, 04:36 | बुधबार ०३, माघ २०७४ ०४:३६
अपाङ्गमैत्रि कार्यालय मात्र हैन अपाङ्गमैत्रि ब्यवहार पनि पाउन नसकेको दुखेसो

आइतबार, १७ मङि्सर २०७४| Nirmala Khadayat
अपाङ्गमैत्रि कार्यालय मात्र हैन अपाङ्गमैत्रि ब्यवहार पनि पाउन नसकेको दुखेसो

निर्मला खडायत
धनगढी, १७ मंसिर ।

अपाङ्गता भएका ब्यक्तिहरुले सरकारले अझै आफ्ना मागहरुको कार्यान्वयनमा जोड दिन नसकेको गुनासो गरेका छन । शिक्षा, स्वास्थ्य जस्ता सामान्य कुरामा पनि आफुहरुको पहुच पुग्न नसकेको उनीहरुको गुनासो छ । अझ कतिपय ठाउमा त अपाङ्गमैत्रि कार्यालय त छैनन नै अपाङ्गमैत्रि ब्यवहार समेत पाउन नसकेको दुखेसो अपाङगता भएका व्यक्तिहरुले पोखेका छन ।

अपाङ्गता भएका ब्यक्तिहरुले आफुहरुको हक अधिकारको पुर्ण रुपमा सुनिश्चितता नभएको गुनासो गरेका छन । शहरी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका लागि केहि सेवा सुविधाहरू उपलब्ध भएको जस्तो देखिएतापनि गाउँ र दुरदराजमा अझै अपाङ्गता भएका व्यक्तिहरूको अवस्था असाध्यै दयनीय रहेको भन्दै उनिहरुले दुखेसो ब्यक्त गरेका हुन । आइतबार भएको अपाङ्गता दिवसको अवसरमा उनिहरुले अझै पनि अपाङ्गता भएका ब्यक्तिहरुले आफ्ना हक अधिकार प्राप्त गर्न नसकेको बताएका हुन ।

संबिधानमा उल्लेख गरिएका कुराहरु पनि कागजमै सिमित रहेको उनिहरुको गुनासो छ । अहिले सम्म पनि धेरै जसो सरकारी कार्यालयहरु अपाङ्ग मैत्रि हुन नसक्नु दुखद कुरा भएको भन्दै उनिह्रुले त्यो भन्दा बढि कर्मचारीहरु समेत अपाङ्गमैत्रि हुन नसक्नु झनै दुखद कुरा भएको नेत्रहिन युवा संघ कैलाली शाखाका अध्यक्ष अर्जुन रावलले बताउनुभयो । प्रत्येक विद्यालयहरुमा सहज अपाङ्गमैत्री शिक्षा, सहज आवत जावत गर्न अपाङ्गमैत्री संरचना हुनु पर्नेमा उनिहरुले जोड दिएका छन । अपाङ्गता भएकाहरुमा राज्यले लगानी गरे खेर जाँने नभइ सक्षम नागरीक उत्पादन भइ राज्यकोे विकासमा नै थप टेवा पुग्ने उनिहरुको बिश्वास छ ।

अपाङ्गता भएका ब्यक्तिहरुको पिडा र मागबारे अपाङ्गता भएको ब्यक्ति नै बढि जानकार हुने भएकाले राजनैतिक क्षेत्रमा पनि आफुहरुको सहभागीता रहे आफुहरुलाइ सहजता हुने बताइएको छ । अझै पनि धेरैै अपाङ्गता भएका ब्यक्तिहरु सञ्चारको पहुचबाट टाढा रहेकोले सञ्चारमा सबैको पहुच पु¥याउन सरकारले यसतर्फ पनि ध्यान जानुपर्ने कैलाली अपाङ्ग समाज सेवाका अध्यक्ष  रामकृष्ण जोशि बताउनुहुन्छ ।

सञ्चार संगै उनिहरुले प्रभावकारी शिक्षा समेत आफुहरुलाइ उपलब्ध हुनुपर्ने बताएका छन । अझ बहिराहरुले त प्रभावकारी शिक्षा बाट समेत बञ्चित बनेको बताएका छन । बहिराहरुका लागी दोभासे र सांकेतिक भाषाका दक्ष ब्यक्ति न्यून रहेको सुदुरपश्चिममा सांकेतिक पढाइको अवस्था निकै नाजुक रहेको गुनासो छ । यहा बहिराहरुले मात्रै हैन अन्य अपाङ्गता भएकाहरुले समेत प्रभावकारी शिक्षा पाउन नसकेको बताएका छन ।

अपाङ्गताका हक अधिकारका प्राय कुराहरु पानामा नै सिमित बनेका छन । संबिधानमा उल्लेख भएका कुराहरु ब्यवहारमा लागु हुनुपर्नेमा उनिहरुले जोड दिएका छन । त्यसैले अपाङ्गता भएका ब्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारका अवसरहरुमा पहिलो प्राथमिकता आफुहरुको हुनुपर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय सदस्य मान बहादुर साउदको भनाई छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्याको एक दशमलब ९४ प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरुको रहेको छ भने, १५ हजार तिन सय ७८ जना कैलाली जिल्लामा कुनै न कुनै प्रकारबाट अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन । तर उनिहरुको हरेक ठाँउमा समान पहुँच छैन । त्यसैले सपाङग ब्यक्ति सरह जिवन यापन गर्ने बातावरण बनाइ दिन अपाङ्गता भएकाह्रुले सरोकारवालाई आग्रह गरेका छन ।


आइतबार १७, मङि्सर २०७४ ०३:४७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस