New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:14 | आइतबार ०६, साउन २०७५ १६:१४
क्षयरोगका कारण ज्यान गुमाउनेको सख्यामा कमि आउन सकेन

चालुु आर्थिक वर्षको हालसम्ममा मात्रै ७ जनाको मृत्यु

बुधबार, १३ मङि्सर २०७४| Hari Bhatta
क्षयरोगका कारण ज्यान गुमाउनेको सख्यामा कमि आउन सकेन

हरि भट्ट
मङसीर १३ धनगढी

हामी जो कोही पनि क्षयरोग बाट संक्रमीत हुन सक्दछौं तर सबै मिलेर यस बिरुद्ध लड्न सकिनेछ भन्ने नाराका साथ  बुधबार ६४ औं क्षयरोग दिवश मनाईएको छ ।

बर्षनि क्षयरोग दिवश मनाईदै गए पनि बिरामीको सङख्यामा भने सोचेजति कमिहुन सकेको छैन । कैलालीमा गत आर्थिक बर्षमा ४ सय २९  महिला र ७ सय ७७ पुरुष क्षमयरोगी भएकोमा चालु आर्थिक बर्षको हाल सम्ममा ८० महिला र १ सय ७५ पुरुषमा क्षयरोग देखा परेका छन ।  

क्षयरोगकै कारणले प्रति बर्ष २.६ प्रतिशत महिला र ४.६ प्रतिशत पुरुषको मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । गत आर्थिक बर्षमा क्षयारोगका १७ जना महिला र ३० जना पुरुषको मृत्यु भएको थियो भने यो आर्थिक बर्षको हालसम्मा ७ जना पुरुषको मात्रै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका क्षय कृष्ट सुपर भाईजर दिपेन्द्र जोशिले बताउनुभयो ।

 जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा बर्षनि लगभग १ सय ३६ जना प्रति लाख जनसख्याँ क्षयरोगले ग्रसित रहेका छन । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपालीको क्षयरोगले बर्षेनी मृत्यु हुने गरेको तथ्याकं छ ।  क्षयरोगीहरु को उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष हुनेगर्दछ ।

कैलालीमा क्षयरोगको उपचारका लागि ४९ डट सेवा केन्द्रहरु रहेका जोशिले बताउनुभयो । क्षयरोग बढि फोक्सोको हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछ । नेपाल सरकारले क्षयरोग को उपचार निशुल्क गर्दछ भनें सन् २०३५ सम्मा क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ ।  

करिब ३ हप्ता या बढि देखि खोकी लाग्न खकारमा रगत देखिने, श्वास फेर्न गाह्रो हुने लगायत षयरोगका लक्षण हुन । यस्ता लक्षण देखिका तत्काल स्वाथ्यसस्थामा चेक जाच गराउन जोशीले आग्रह गर्नुभयो ।

कैलालीमा क्षयारोगलाई नियुनिकरण गर्नको लागि एसआर संस्था र विराट नेपाल मेडीकल ट्रष्टले सहयोग गरि रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।  


बुधबार १३, मङि्सर २०७४ ०६:४१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस