Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:05 | बिहिबार ०१, कार्तिक २०७५ १८:०५
बाम गठबन्धनले दुई तिहाइको दिवा सपना नदेखे हुन्छ : थापा

काग्रेसलाई सिध्याउन लागेका कम्युनिष्टहरु आफै सिद्धिने  : खाड

सोमबार, ११ मङि्सर २०७४| Dinesh Thakulla
बाम गठबन्धनले दुई तिहाइको दिवा सपना नदेखे हुन्छ : थापा

दिनेश ठकुल्ला
मङसीर ११ धनगढी

 राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले बाम गठबन्धनलाइ दुइ तिहाइ बहुमतको दिवा सपना नदेख्न आग्रह गर्नुभएको छ ।

 कैलालीको अत्तरीयामा लोकतान्त्रीक गठबन्धनले आयोजना गरेको आम सभालाइ सम्बोधन गर्दै अध्यक्ष थापाले गबबन्धनले भनेको जस्तो साम्यवाद व्यवस्था र साम्यवादी अधिनायकवादलाइ जनताले कहिल्यै नस्वीकार्ने बताउनुभयो ।  

  कार्यक्रम प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष थापाले नेपालको राष्ट्रिय एकता र अखण्डतालाइ बलियो बनाएर सनतन र्धम,संस्कृति र परम्पराको रक्षा आजको मुख्य चुनौती रहेको बताउनुभयो । देशलाइ समृद्ध बनाउन लोकतन्त्रीक शक्ती आर्थीक समृद्धी र विकासको बाटोमा सहकार्य गर्दै अगाडी बढ्ने उहाँले बताउनुभयो ।

  यस्तै, नेपाली काग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाँडले काग्रेसलाई सिध्याउन लागेका कम्युनिष्टहरु अत्यमा आफै सिद्धिने बताउनुभएको छ । प्रजातान्त्रिक गठबन्धनको सयुक्त चुनावी सभालार्ई आज कैलालीको अत्तरीयामा सम्बोधन गर्दै पूर्व रक्षामन्त्री समेत रहनुभएका खाँडले सो कुरा बताउनुभएको हो ।

  सविधान च्यात्छु भन्ने, व्यवस्था बदल्छौ भन्ने र अधिनायकवाद लाधेरे ५० वर्ष शासन चलाउनु भन्नेलाई नेपाली जनताले सिध्याउने खाडको दावी छ । उहाँले देशका कम्युनिष्ट शासन आएमा देश जेलजस्तै हुने ठोकुवा गर्नुभयो ।

  कम्युनिष्ट शासन आएमा रोजगारी, पढाई र घुम्नका लागि समेत विदेशी राष्ट्रमा जान नपाईने बताउदै खाडले त्यसपछि देश अधोगतिको बाटोमा लाग्ने बताउनुभयो । प्रजातान्त्रिक गठबन्धनको सयुक्त चुनावी सभामा आम सर्वसाधारणको उपस्थिति भने न्युन मात्रै थियो ।    


सोमबार ११, मङि्सर २०७४ ०७:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस