Nepali Bahas

06:00 AM - 07:00 AM

Thursday, December 13 2018, 06:04 | बिहिबार २७, मङि्सर २०७५ ०६:०४
अधिनायकवादको गन्ध , द्रव्यदान गरेर पार्टी प्रवेश गराईदै

सोमबार, ११ मङि्सर २०७४| Hari Joshi

  वीरेन्द्र रावल  वीरेन्द्र रावल 

बाम गठबन्धनको लहर जव नेपालमा शुरु भयो तव देखि नेपाली काँग्रेसले आम नेपाली जनतामाझ   नेपालमा एकतन्त्रिय कम्यूनिज्म लागु हुन्छ, नेपालमा यदि बामपन्थीहरुको राज्य स्थापना भयो भने अधिकारका त कुरै छाडौं अधिनायकवादमा त रुन समेत पाईदैन,कम्यूनिष्ट भनेका तानाशाह हुन्छन् यस्तै—यस्ता असोभनिय र अपत्यारिला अफवाहरु लगाउँदै आइए ।
कम्यूनिष्ट शासन आयो भने लोकतन्त्रका मूल्य र मान्यतासबै खोसिन्छन् अनि जनताले निरंकुश तानाशाही बाम सरकारको चेपुवामा बाच्नु पर्ने हुन्छ, देश पचासौं बर्ष सम्म क्यूवा र उत्तरकोरीया बन्छ भन्दै नेपाली जनताका माझ शंख ध्वनी गर्दै नेपाली काँग्रेसका असोभनिय शब्दले वायु प्रदुषण गरिरहेको अवस्था यतिखेर देखिन्छ ।
देशकै प्रधामन्त्री समेत रहेका शेर बहादुर देउवाले त सात नम्बर प्रदेशका विभिन्न स्थानहरुमा जपेका भाषण    र नेपाली जनतालाई दिएका फोस्रा आश्वासनले त साँच्चै आम बुद्धिजीवि      अनि नागरिक समाजका विच व्यापक चर्चा र परिचर्चा हुन थालेको छ ।       देशको प्रधामन्त्रीले राजनीतिमा जून खालको अपरिपक्वता देखाएका         छन् यसबाट देश कतातर्फ डोरिदै छ ?, र देशले कस्तो प्रधानमन्त्री पायो होला भन्ने कुराले समेत बहस सृजना गरिदिएको छ ।
 सात नम्बर प्रदेशको डडेल्धुरामा आफु  र कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा पत्नी डा.आरजु राणा देउवालाई  जूनसुकै हालतमा पनि चुनाव जिताउनका लागि प्रधामन्त्री शेर बहादुर देउवाले आफ्ना हुक्के ढुक्केहरुलाई लामो समयदेखि योग गर्दै आएका मात्र छैनन् उनले त डडेल्धुरा र कैलाली ५ मा त बलियो सम्भावना भएका नेपाली काँग्रेसका नेताहरुको राजनीतिक जीवनमा पूर्ण विराम लगाउन पुगेका छन् । लोकतान्त्रिक पार्टीका सभापति अनि देशकै प्रधामनत्री जस्तो व्यक्ति जसले विगतमा नेपाली काँग्रेस भित्र परिवारवाद हावी भयो ।

कोईराला समूहले देश बर्बाद गर्यो ,लोकतन्त्रको उपहास भयो , प्रजातान्त्रिक पद्धतीनै पार्टीले बिर्षेर गयो भन्दै नेपाली काँग्रेस प्रजातान्त्रिकको स्थापना गरे । जव उनि पार्टीमा बरिष्ठ हुँदै सभापतिको पदमा आसिन भए अनि शुरु भयो शेर बहादुर देउवाको जंगली शयर । जंगलि सयरका कारण आज अरुलाई अधिनायकवाद भन्ने अनि सात नम्बर प्रदेशमा गुटगत राजनीति हावी मात्र होईन पार्टीलाई पारिवारिक व्यक्तिहरुको घेरा भित्र राख्ने कुचेष्टा भएको भन्दै त्यसको व्यापक विरोध र असन्तुष्टिपनि बाहिर आईसकेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनीधि सभाका लागि आफ्नै पत्नी डा. आरजुलाई अगाडी सार्नु र डडेल्धुरामा देउवा रहन्झेल सम्म अरु नेता कार्यकर्ताहरुले पिपलको छहारीमा रोएिका सुन्तलाका बोट झैं ताप नपाएर , पानी नपाएर सुकेर जानु पर्ने अवस्ताको सृजना गरिदिएको आरोप र आक्षेप शेर बहादुर देउवामाथी लाग्दै आएको पनि छ । 
त्यसकारण पनि कलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५का नेपाली काँग्रेसका सत्रिय नेता तथा कार्यकर्ताहरुमा निराशा मात्रोईन अव आफ्नो राजनिितक जीवन देउवा परिवारले गरि छाड्ने भयो भन्ने त्रास बढेको छ । लामो समय देखि पार्टीमा सहभागि हुँदै आएका नेता तथा कार्यकर्ताहरु यति बेला देउवाले अरुलाई अधिनायकवादको कुरा गर्ने तर आफैले आफ्ना नेता कार्यकर्ताहरुमाथी लादेको दमन र एकाधिकारवादलाई कीन अधिनायकवाद नभन्ने भन्दै त्यसको विरोध समेत भित्रि रुपले गर्न थालिसकेका छन् ।
देउवाले आफुलाई जहिलेपनि शक्ति र सत्ता अनि पार्टी भित्र छाईरहनका लागि डडेल्धुरा जिल्लामा साम,दाम दण्ड भेदको नीतिलाई अवलम्बन गर्नशुरु गरेका छन्  ।
डडेल्धुरा जिल्लामा आफ्नो पराजय हुने पक्का ठानेपछि शेर बहादुर देउवाले  खासगरि हिंजोका दिनमा आफैले पेलेका अनि ठेलेका नेता तथा कार्यकर्ता देखि लिएर डडेल्धुरा जिल्लामा रहेर समाजिक बहिष्करणमा परेका विभिन्न पार्टीका भ्रष्ट व्यक्तिहरुलाई ठूलो द्रव्य चढाएर पार्टी प्रवेश समेत गराएका छन् । 
निर्वाचनको मुखमा सामान्य जनता वा स्थानीय कार्यकर्ता एक पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्नु स्वभाविकपनि हो । तर यस्ता व्यक्तिलाई उनले साथ दिनका लागि र आफुलाई सघाउनका लागि तिकडमबाजी गरेका छन्की त्यसको रामकहानी सुन्यो भने जोकोही अच्चम्वीत मात्र होईन साँच्दै शेर बहादुर देउवा जस्ता व्यक्ति राजनीतिक भरयाङ चढ्नका लागि जे पनि गर्न सक्दा रहेछन् भन्ने कुरालाई जनतामाझ छल्र्लङग पारि दिएको छ ।
सत्तामा पुग्दा जहिलेपनि विवादले गन्याउने प्रवृत्तिका शेर बहादुर देउवा जीले त डडेल्धुराका कुख्यात व्यक्तिहरु जो  व्यक्तिले द्धन्द्धकाल देखि सात नम्बर प्रदेशको प्राकृतिक स्रोत र सम्पदामाथी खेलबाड र दोहन गर्दै आएका, कहिल्यै माओवादी त कहिल्यै राष्ट्रिय जनमोर्चाको मोर्चामा रहेर राजनीतिक आडमा सात नम्बर प्रदेशको हरियो वन विनासको चपेटामा पुगाए तीनै व्यक्तिहरुलाई  सौदावाजीको शर्त सहित पार्टी प्रवेश गराएर थप राजनीतिक फोहोरी खेलको झल्को देखाई दिएका छन् । 
यसबाट बुढापाकाहरुले उख्खान चरितार्थ हुनेगरि पैसा देखे महादेवका तीन नेत्र भन्ने उक्ति डडेल्धुरा जिल्लामा प्रमाणित भएको छ ।
 डडेलधुराको प्रतिनिधिसभामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्टर प्रदेशसभामा एमालेका पठानसिंह बोहरा र डा. तारा जोशी उम्मेदवार छन् । तीनै वामपन्थी नेताहरु लोकप्रिय र प्रभावशाली भएका कारण देउवाले जतिसुकै सत्ताको दुरुपयोग गरे पनि उनलाई चुनाव जित्न फलामको च्यूरा चपाएसरह  हुने भएपछि देउवाले नयाँ राण्नीति तय गरेका छन्  ।

चुनाव जित्न कठिन देखेपछि देउवाले जोगबुढाको जंगलमा डोजर लगाएर ट्रयाक खोली वन फँडानी गरेर करोडौंको काठतस्करी गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य जगत पार्कीलाई आइतबार जोगबुढाको आलितालमा आयोजित चुनावी सभामा कांग्रेसमा शर्त सहित पार्टीमा ठूलो द्रव्य चढाएर भित्र्रयाएको चर्चा यतिखेर सात नम्बर प्रदेशमा व्यापक बन्दै गएको छ  ।

चुरे वनक्षेत्रको एक सामुदायिक वनमा काठ काटिरहेको अवस्थामा एकीकृत माओवादीका केन्द्रीय नेता जगत पार्कीसहित सात जना पक्राउमा परेका थिए ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीले २०७१ मंसिर २६ मा आलिताल–६स्थित सिद्धभगवती महिला सामुदायिक वन मेलगाँजामा काँचा सालका ६२ थान सालका गोलिया काठसहित पार्कीलाई पक्राउ गरेको थियो ।

पार्की्विरुद्ध अख्तियारले विशेष अदालत हुँदै सर्वोच्च अदालतमा पुगेको छ ।  पार्की गएको स्थानीय निर्वाचनमा माओवादीबाट आलीताल गाउपालिकाको अध्यक्षमा पराजीत भएका थिए ।  माओवादी केन्द्रको समानुपातिक उम्मेदवार रहेका पार्की्विरुद्ध वन फँडानीमा सर्वोच्च अदालतमा मुद्दा छ । त्यो मुद्दा जिताइदिने भनेर देउवाले उनलाई कांग्रेसमा प्रवेश गराएर  चुनाव जित्न अनेक अस्त्र प्रयोग गरिरहेका छन् ।

देउवाले योग्यता र त्यागका आधारमा गाउँपालिकाको अध्यक्ष पनि नदिएपछि लोकराज भट्ट, किशोर बिष्ट जस्ता धेरै युवाहरु कांग्रेससँग रुष्ट छन् । पार्की जस्ता काठतस्करीमा बदनामलाई भित्रयाए पनि देउवालाई निर्वाचन जित्न निकै सकस परेको छ । 
यतिसम्मकी साविक कैपाल माण्डु गाविस हाल गन्यापधुरा १ बाट माओवादी केन्द्रले पुरै वडा समेत स्थानीय निकायमा जितेको  थियो , त्यो देउवाको पकड भउको वडा थियो , वडाबाट समेत हार भएपछि प्रतिनीधि सभाको निर्वाचन जित्न फलामको च्यूरा चपाए सरह हुने ठानेपछि देउवाले वडा अध्यक्ष चेतराम भटट् सहितको टीमलाई काँग्रेस पार्टीमा प्रवेश गराएका छन् । स्थानीयका अनुसार ठूलै रकम खर्चेर माओवादी केन्द्का वडा अध्यक्ष पार्टी प्रवेश गरेको बताईन्छ ।
यस्तै स्थानीय निकायको निर्वाचनको पूर्व सन्ध्यामा  नेपाली काँग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका परशुराम नगरपालिकाबाट एमालेले मेयरको टिकट दिई झिनोमतले पराजित तारीसिंह बोहरा, माओवादी केन्द्रका जनक कलौनी  लगायतकका नेताहरुलाई नेपाली काँग्रेस प्रवेश गराउन देउवाले एक महिना देखि साम दाम दण्ड भेदको नीति लागु गरेको बताइएको छ ।
 पार्की संगको केहो सौदाबाजी ?
जगत पार्की वनमाराका रुपमा हेरिन्छ सात नम्बर प्रदेशमा । उनि स्त्रीकामामलामा पनि पटक पटक विवादमा तानिएका व्यक्ति हुन । पार्कीले बैंगलोरमा अध्ययनरत छोरीका लागि प्रधानमन्त्री राहतकोषबाट एक महिनाअघि ४ लाख भुक्तानी लिएका थिए । उक्त रकम पनि देउवाले नै दिएका हुन् । ४४ करोड रुपैयाँको विगो रहेको वन मुद्दा सर्वोच्चमा छ । यो वनमुद्दामा अति कम बिगो कायम गरी मुद्दा जिताइदिने भनी देउवाले भाषण पार्कीलाई प्रवेश गराउँदाखेरी आइतबार देउवाले भाषणमै भनेका थिए ।  त्यसका अतिरिक्त उनले पार्कीलाई आर्थिक सहयोग पनि ठूलै कोलममा गरेको चर्चा डडेलधुरामा हुने गरेको छ ।
पार्कीसँगै वन मुद्दा लागेका १२५ जना साल काट्ने आरोपीहरुलाई पनि मुक्त गराइदिने र उनकी आमा जो सामुदायिक वनको काठ तस्करीमा संलग्न छिन् लाई  समेत मुद्दा फिर्ता गर्ने भाषण देउवाले आलितालको आमसभामा आइतबार गरेका थिए । उनि माथी लागेको वन मुद्धा फिर्ता गर्ने र वन मुद्धामा मुछिएका अन्य फरार व्यक्तिहरुलाई पनि उन्मूक्ति दिलाउने भन्दै ठूलो प्रपञ्च रचेर पार्कीलाई पार्टी प्रवेश गराइएको बुझिएको छ ।
 रुष्टहरुलाई देउता भाकल : 

नेपाली कााग्रेसबाट रुष्ट भई अन्य पार्टीमा गएका र आफ्नै वडामा माओवादीले स्थानीय निकाय कब्जा गरेपछि उनिहरुलाई पार्टीमा प्रवेश गराउनका लागि डडेल्धुराको प्रसिद्ध देवता घटाल बाबा र उग्रतारा देवि देउता समेतलाईसाँक्षी राखेर देउवाका हुक्के ढुक्केहरुले पार्टी प्रवेश गर्नेहरुलाई द्रव्यदान गरेर भित्र्रयाएको बताईन्छ । उनिहरुलाई निर्वाचनमा सक्रियतापूर्वक लाग्नु पर्ने ,सो वापत दाम दिएर क्रियाशिलता बढाउनु पर्ने सो बमोजिम नगरे घटाल बाबाले परिणाम दिनेछन जस्ता शर्तहरुपनि राखिएको बताईन्छ । 
 सामदाम दण्ड भेद :

डडेल्धुरा जिल्लामा चुनाव जित्नका लागि देउवाले सम्झाएर हुने वा नमाने धाक,धम्की र द्रव्य चढाएर पनि बिपक्षकिा मतहरु तानेर चुनाव जित्ने गरेका थुप्रै उदाहरणहरु छन् । यो प्रकृया २०४८ साल देखि चल्दै आएको भनाई छ । 
अपनाउनु पर्ने शर्तकता :

 बाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुले स्थानीइ रुपमा भैरहेको मत खरिद प्रकृया र निर्वाचन आचारसहिंतामा उल्लंघन लगायतका घटनाहरुलाई तत्काल निर्वाचन आयोग र नागरिक समाज समक्ष लैजाने र त्यस्ता कार्यलाई सामाजिक बहिष्करणको मुद्धा बनाउँदै आर्थिक चलखेल र चुनावी तिकडमबाजीलाई रोक्नका लागि युवा,विद्यार्थी लाई व्यापक रुपले परिचालन गर्न जरुरी देखिन्छ । 

सम्पर्क ९८४८४२२२४१
 


सोमबार ११, मङि्सर २०७४ ०६:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस