Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:09 | बिहिबार ०१, कार्तिक २०७५ १८:०९
वाम गठबनधन जिताउन प्रवासी नेपालमा

सोमबार, ११ मङि्सर २०७४| Hari Joshi
वाम गठबनधन जिताउन प्रवासी नेपालमा

धनगढी मंसिर ११ : मंसिर २१ गते हुन गईरहेको दोस्रो चरणको प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउनका लागि  प्रवासी नेपाली संघ महाराष्ट्र भारतको चौथो टोली सोमबार कैलाली पुगेको छ । 
    प्रवासी नेपाली संघ भारतका केन्द्रिय महासचिव डम्बर बहादुर रावल, राज्य उपाध्यक्ष सुरेन्द्र बोहरा, खेलकुद विभागका प्रेम खड्का,राज्य सचिव बिएस वड, सचिवालय सदस्य जनक खड्का ,सचिवालय सदस्य अर्जुन भण्डारी ,हिमानी कुँवर ,विन्दु शर्मा र  राज्य सदस्य टेक रावल लगायतका ९ सदस्यीय टोली कैलाली आई पुगेको छ ।
प्रवासी नेपाली संघ भारतको केन्द्रिय सर्कुलर अनुसार बाम गठबन्धनलाई  जिताउन भन्दै यस भन्दा पहिले ३ वटा टोली ७ नम्बर प्रदेशमा र देशका अन्य भागहरुमा पनि नेपाल पुगिसकेको कुरा केन्द्रिय महासचिव डम्बर रावलले जानकारी दिए ।
राष्ट्र,राष्ट्रियता र प्रवासी नेपालीहरुका समस्या, युवा वेरोजगारी लगायतका मुद्धाहरुलाई उमालेले मात्र सम्बोधन गर्ने भएकोले बाम गठबन्धनलाई जिताउनका लागि प्रवासबाट ७ सयको संख्यामा संगठनका मानिसहरु प्रदेश सातमा पुगिसकेको र बााकी देशका विभिन्न जिल्लाहरुमा जानेक्रम शुरु भैसकेको पनि महासचिव रावलले जानकारी दिएका छन् ।
केन्द्रिय महासचिव डम्बर रावललेको नेतृत्वमा रहेको टोलीले कैलालकिा क्षेत्र नम्बर १,२,३,४, ५ र अछामका १ र २ निर्वाचन क्षेत्रमा प्रवासी नेपाली संघको वयानर र पार्टीको झण्डासहित व्यापक रुपले प्रचार प्रशारमा खटिने अठोटका साथ लाग्ने समेत बताए । 
सो टोलीले सोमबार कैलालीका १,२ र ४ निर्वाचन क्षेत्रमा प्रचार प्रशारमा जुटेको थियो  ।


 


सोमबार ११, मङि्सर २०७४ ०५:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस