---
Wednesday, January 17 2018, 04:37 | बुधबार ०३, माघ २०७४ ०४:३७
पहिलो चरणमा निर्वाचन हुने चारवटै जिल्लाको सुरक्षा व्यवस्थामा कडाई

ढुक्क भएर मतदानमा सहभागि हुन आग्रह गरेकै दिन बझाङमा बम विष्फोट

शनिबार, ०९ मङि्सर २०७४| Hari Bhatta
पहिलो चरणमा निर्वाचन हुने चारवटै जिल्लाको सुरक्षा व्यवस्थामा कडाई

हरि भट्ट
मङसीर ९ धनगढी

   पहिलो  चरणमा भोली निर्वाचन हुने प्रदेश नम्बर ७ का दार्चुला, बैतडी, बझाङ र बाजुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  क्षेत्रियउ प्रशासन कार्यालय दिपायलले दिएको जानकारी अनुसार चार वटै जिल्लामा मतदानका बेला हुन सक्ने घटनालाई मध्यनजर गर्दै  सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाका दृष्टिकोणले वर्गीकरण गरिएका मतदान केन्द्रका आधारमा नै उच्च सुरक्षा सत्र्तकता अपनाइएको जनाइएको छ ।

   कुनै घटना भइहालेमा पनि तत्काल समाधान गर्न सकिने गरी सुरक्षा प्रबन्ध मिलाइएको हो । निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्था कडा पारिएकाले  आइतबार हुने निर्वाचनमा मतदाताले ढुक्क सँग मतदान गर्न पाउनेमा विश्वस्त रहेको क्षेत्रिय प्रशासन कार्यालय दिपायलका प्रशासक लक्ष्मी राम पौडेले बताउनुभयो ।

  बझाङमा आज भएको बम बिस्फोटको घटनाको विषयलाई लिदै उहाँले मतदातालाई तर्साउने उदेश्यले यस्ता गतिविधी भइरहेपनि उच्च सुरक्षा सर्तकता अपनाइएकाले त्यसले कुनै असर नपर्ने क्षेत्रिय प्रशासक पौडेलको भनाई रहेको छ  ।

   यस्तै आइतबार  हुने पहिलो चरणको  निर्वाचनको मतगणना पनि भने दोस्रो चरणको  निर्वाचन पछि  मात्र हुने भएकाले मतपेटिका संकलन र तीनको सुरक्षाका लागि समेत सावधानी अपनाइएको छ । क्षेत्रिय प्रहरी कार्यालय दिपायलका प्रमुख माधव नेपालले मतपेटिका संकलन गरेर तीनको भरपर्दो सुरक्षा व्यवस्था मिलाइने  जानकारी दिनुभयो ।

  स्वतन्त्र मतदान गर्न पाउनु  आम नागरिकको हक भएकाले सुरक्षाका हिसाबले सबै सुत्रहरुको प्रयोग गरिएको प्रहरीको दाबि छ । यस्तै, क्षेत्रिय प्रशासन कार्यालय दिपायलका प्रशासक लक्ष्मी राम पौडेले ढुक्क भएर मतदानमा सहभागि हुन आग्रह गरेकै दिन बझाङमा बम विष्फोट भएको छ ।

  बझाङ जिल्लाको छविसपाथीभेरा गाउँपालिका –४, खिराङतोलाको नाङगो डाँडामा बम विष्फोट भएको छ । छविसपाथीभेरा गाउँपालिका –४, को मतदान केन्द्र जनता आधारभुत विद्यालय नजिकै नचिनेको मानिसको समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

   बम विष्फोटबाट कुनै क्षति नभएको उहाँले बताउनुभयो । चुनावको मुखमा बम पडकिएपछि स्थानीयमा त्रास छाएको छ । स्थानीय प्रशासनले भने सुरक्षाको व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।  


शनिबार ०९, मङि्सर २०७४ ०७:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस