---
Saturday, June 23 2018, 01:02 | शनिबार ०९, असार २०७५ ०१:०२
देउडाप्रेमीका लागी आयो खुशीको कुरा : पहिलो मोबाइल एप

शुक्रबार, ०८ मङि्सर २०७४| Hari Joshi
देउडाप्रेमीका लागी आयो खुशीको कुरा : पहिलो मोबाइल एप

 सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । अनुभबी टेक्नोलोजिज ले  सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोर मा सार्वजनिक गरेको छ । देउडा एप मा प्रयोगकर्ता हरु ले देउडा पढ्न सक्नु हुन्छ र आफुलाई मन परेको देउडा लाइक गर्न पनि सक्नु सक्नुहुने अनुभवीका सिइओ भक्तराज भट्टले बताउनु भयो । । उक्त देउडा एपमा प्रयोगकर्ता हरुले आफ्नो देउडा पोस्ट पनि गर्न सक्नेछन् र सो सुबिधा को लागि सर्वप्रथम प्रयोगकर्ताले लग इन गर्नु पर्ने हुन्छ । फेसबुकको माध्यम बाट यो एप मा सजिलै लग इन गर्ने सुबिधा रहेको छ ।

आफुलाई मनपर्ने प्रकारको  देउडा  गित प्रयोगकर्ताले सजिलै संग पढ्न सक्नु हुनेछ । एप मा ठाडी भाका, रतेरी, हुद्केउलि र धमारी प्रकार समाबेस गरिएका छन् ।

देउडा गीत नेपालको सुदुरपस्चिमका सम्पूर्ण जिल्ला हरुमा र मध्यपश्चिमका  दैलेख, कालिकोट र जुम्ला जिल्लामा एकदमै लोकप्रिय छ ।

प्रयोगकर्ता को सल्लाह सुझाव अनुसार आगामी दिन मा एप लाइ अपडेट गर्दै लाने योजना अनुभबी टेक्नोलोजिज ले बनाए को छ ।

देउडा एप डाउनलोड गर्न यहाँ थिच्नु होस्!


शुक्रबार ०८, मङि्सर २०७४ ११:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस