BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:25 | शुक्रबार ०५, असोज २०७५ १६:२५
पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाड्यो

सोमबार, ०४ मङि्सर २०७४| Radio Dhangadhi
पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाड्यो

एफएम संवाददाता
धनगढी, ४ मंसिर ।

आइसीसी महिला टि–२० विश्वकपका लागि एशियाली छनोटको आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ । घरेलु टोली थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा १० रन बनाउँदा वर्षाका कारण खेल रोकियो ।

त्यसपछि खेल हुन सकेन र दुवैले एक एक अंक बाँडे । बैंककको टेर्डथाई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो । उसका लागि चाइवाईले सर्वा्धिक २३ रन बनाइन् । त्यस्तै चानथमले १८ रन टिमको खातामा जोडिन् ।

बलिङतर्फ नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । प्रतियोगिता अन्तर्गत नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।


सोमबार ०४, मङि्सर २०७४ १०:२४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस