Manko Awaj

09:15 PM - 10:00 PM

Thursday, September 20 2018, 21:38 | बिहिबार ०४, असोज २०७५ २१:३८
अटो वर्कसपको सङख्यामा बृद्धि

दक्ष मेकानिकको अभाव

सोमबार, ०४ मङि्सर २०७४| Hari Bhatta
अटो वर्कसपको सङख्यामा बृद्धि

हरि भट्ट
कात्तिक ४ धनगढी
 

    मोटरसाइकल प्रगोगकर्ताको संख्यामा बृद्धि हुदै गएको धनगढीमा  अटो मोटरसाइकल मर्मत केन्द्र अथात् वर्कसप खुल्ने क्रम पनि बढेको छ ।

   तर अटो वर्कसपमा दक्ष मेकानिकको भने अभाव हुने गरेको पाईएको छ । दक्ष मेकानिकको अभाव झेल्दै आएका यहाँका वर्कसप सञ्चालकहरुले भारतबाट  मेकानिक मगाएर काम गराउदै आएका छन् । दैनिक हजारौँ युवा वैदेशिक रोजगारीमा गइरहेका बेला यहाँ काम गर्नेको अभाव देखिएको हो ।

   मोटरसाइकल मर्मत केन्दं्र अथात् अटो वर्कसप धमाधम खुल्दै गएको धनगढीमा त्यसका सञ्चालकले दक्ष मेकानिकको अभाव झेल्दै आएका छन् । मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको स्थितीमा यहाँ नै दक्ष मेकानिक उत्पादन गर्न अटोवर्कसप चुकेका छन् । अहिले कतिपय वर्कसप सञ्चालकलाई दक्ष मेकानिकको अभावमा व्यावसाय सञ्चालन गर्न  समस्या उत्पन्न भएको समेत बताईन्छ ।

  यो क्षेत्रमा आउन नचाहाने, आइहाले भनेपनि पुर्ण सीप नसिकेरै आफ्नै अटोवर्क सप सञ्चालन गर्ने रहरले पनि दक्ष मेकानिक उत्पादन नभएको तर्क अटोवर्कसप सञ्चालकले गर्दै आएका छन् । अरु पेशा भन्दा यो काम गर्न सजिलो पनि नहुने भएकाले युवाहरुको रोजाईमा यो क्षेत्र पर्न  नसकेको बताइएको छ । यसले गर्दा पनि धनगढीमा दक्ष मेकानिक पाउन गाह्रो भएको आरआर ट्रेडिङका संञ्चालक  राजन घिमीरेले बताउनुभयो ।

  जय अटोवर्कसपका संञ्चालक जय राज रानाले पनि कमाई राम्रो भएपनि मेकानिक पाउन ग्राहो भएको बताउनुभयो ।

  यहाँ दक्ष मेकानिकको अभावमा धेरैले त भारतबाट मेकानिक ल्याएर काम सञ्चालन गर्दै आएका छन् । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षण बढिरहेका बेला भारतका विभिन्न स्थानबाट यहाँ आएकाहरु अटोवर्कसपमै काम गरेर राम्रो कमाई गर्दै आएका छन् । उनीहरु यहाँ राम्रा कमाई रहेको बताउछन् ।

  नेपालमा राम्रो कमाई हुने गरेपनि नेपालका युवा बिदेश जानु दुखद भएको चटकपुरमा काम गर्दै आउनुभएका भारतका समित शेखले बताउनुभयो ।  नेपाली युवाहरु पनि अटोवर्कसपमा काम गर्न आउने गरेतापनि सीप नसिकेरै काम छोड्ने गरेको भनाई उहाँको छ । वर्कसप सञ्चालकका अनुसार काम गर्न वर्कसपमा आउनेको संख्या ३० देखी ३५ जना मात्र छ ।

   यो क्षेत्रमा सीप सिकेमा विदेशको भन्दा पनि राम्रो कमाई हुने अनुभव वर्कसपमा काम गर्दै आएकाहरुले बताउने गरेका छन् । सीप सिक्न आउने तर काम नगर्ने प्रवृत्तिले बजारमा  दक्ष मेकानिकको अभाव भएको २०६१ सालदेखी अटोवर्कसप सम्बन्धी   तालिम दिदै आउनुभएका सीप विकास तालिम केन्द्रका सहयाक प्रशिक्षक योगेन्द्र भाटराजले बताउनुभयो ।

  नेपालमा युवाहरुका लागि थुप्रै सम्भावना र अवसर रहेपनि  स्वदेशमै  काम नगर्ने बानिले बजारमा दक्ष कामदारको अभाव देखिएको दाबि जानकारहरुको रहदै आएको छ ।  


सोमबार ०४, मङि्सर २०७४ १२:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस