---
Friday, October 18 2019, 19:54 | शुक्रबार ०१, कार्तिक २०७६ १९:५४
बर्षा र आश्माले पर्खिए ‘रानी महल’, तर गरे ‘भैरे र ड्रिम गर्ल’

सोमबार, २७ कार्तिक २०७४| Radio Dhangadhi
बर्षा र आश्माले पर्खिए ‘रानी महल’, तर गरे ‘भैरे र ड्रिम गर्ल’

चलचित्र ‘रानी महल’का लागि पहिलो रोजाइमा थिए नायक प्रदिप खड्का । यो चलचित्रका लागि प्रदिप आफैले पनि आफू सुहाउँदो जोडी खोजिरेहका थिए । तर, पछि प्रदिप आफै यो चलचित्रमा रहेनन् ।

चलचित्रमा नायिकाको रुपमा सन्ध्या केसीलाई अफर गरियो । तर, अहिले सन्ध्या पनि यो चलचित्रमा छैनन् । चलचित्रका लागि सन्ध्यापछि नायिका बर्षा  सिवाकोटीलाई अफर गरियो ।बर्षा ले यो चलचित्रको छायांकन कुरेको ३ महिना भैसक्यो । तर, चलचित्रको छायांकन सुरु हुने मेसोमेलो नै छैन ।


यो चलचित्रमा सुरुवातमै अनुवन्धित भएकी कलाकार हुन्, आश्मा गिरी । आश्माले यो चलचित्रका लागि वर्कशप पनि गरिन् । तर, यो चलचित्रको छायांकन सुरु हुने अत्तोपत्तो भएन ।

यही विचमा उनलाई निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘ड्रिम गर्ल’का लागि अफर गरे । यो चलचित्रको शिर्ष भूमिकामा अफर भएपछि आश्मालाई पनि चिठ्ठा नै पर्‍यो । यो चलचित्रको छायांकन सुरु भैसकेको छ । बर्षा  पनि चलचत्रि ‘भैरे’को छायांकनको तयारीमा छिन् । मंसिर १ गतेबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

बर्षा  र आश्मा एउटै चलचित्रमा काम गर्ने तयारीमा थिए । तर, ‘रानी महल’को छायांकन सुरु नहुँदा यी दुई फरक-फरक चलचित्रमा देखिदैछन् ।

अनलाइनखबरबाट साभार गरिएको ।


सोमबार २७, कार्तिक २०७४ ०९:४३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस