---
Friday, October 18 2019, 20:23 | शुक्रबार ०१, कार्तिक २०७६ २०:२३
भारतीय मिडियाले ‘कृ’ नायिकाको बारेमा लेखेको एक झुट

बुधबार, २२ कार्तिक २०७४| Radio Dhangadhi

एफएम संवाददाता
धनगढी, २२ कात्र्तिक ।

केही महिना अगाडि भारतको एक चर्चित अनलाइनले नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसीको प्रशंसा गर्दै एक खबर छाप्यो । अनमोल केसी नेपालको सबैभन्दा महंगो सुपरस्टार भएको खबर भारतीय अनलाइनमा आएपछि त्यो समाचारले नेपाली मिडियामा पनि उच्च स्थान पायो ।

अनमोल केसीको सो समाचार उनका पिता नायक भूवन केसीले फेसबुकमा शेयर पनि गरेका थिए । अब, उनै अनमोलसँग पर्दा शेयर गरिरहेकी नायिका अदिती वुढाथोकीको बारेमा अर्को एक चर्चित भारतीय अनलाइनले खबर छापेको छ ।


खबरमा भनिएअनुसार, अदिती निकै बोल्ड छिन् । बलिउडकी चर्चित आइटम गर्ल तथा नायिका सन्नी लियोनीलाई समेत अदितीले आफ्नो हट फिगरले उछिन्ने भारतीय अनलाइनको दाबी छ । एवीपी न्यूज नामक अनलाइनले दमककी अदितीको उचाई ५ फिट ५ इन्च छ र उनी २४ बर्षकी भएको उल्लेख गरेको छ ।

तर, सो खबरमा एउटा कुरा भने झुट लेखिएको छ । अदितीले धेरै हिट नेपाली चलचित्र दिइसकेको भन्ने दाबी अनलाइनले गरेको छ । तर, अदिती अभिनित पहिलो चलचित्र ‘कृ’ हो, जुन रिलिज नै भएको छैन ।

इन्स्ट्राग्राममा अदितीले शेयर गरेको तस्बिरले कैयौ यूवालाई दिवाना बनाउन सक्ने अनलाइनमा उल्लेख छ । चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै गरेकी अदितीले नेपाली चलचित्र क्षेत्रमा कस्तो स्थान बनाउने हुन्, त्यो त केही महिनामै थाहा हुनेछ । तर, भारतमा बसेर मुम्बई नगरिमा संघर्षरत अदितीले चर्चित अनलाइनमा भने चर्चा पाएकी छिन् । यसले उनको बलिउडमा पनि काम गर्ने सोचमा केही हदसम्म भएपनि सहयोग मिलेको छ ।

अनलाइनखबरबाट साभार ।


बुधबार २२, कार्तिक २०७४ ०६:२७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस