---
Tuesday, November 12 2019, 05:17 | मङ्गलबार २६, कार्तिक २०७६ ०५:१७
धनगढीमा लागूऔषध सहित ४ जना पक्राउ

शुक्रबार, ०४ चैत २०७३| Hari Joshi
धनगढीमा लागूऔषध सहित ४ जना पक्राउ

 कैलालीको त्रीनगर भन्सारबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ब्राउन सुगर लगायतका अवैध लागूऔषध सहित सेती अञ्चल प्रहरी कार्यालय र त्रीनगर भन्सारको संयुक्त टोलील ४ जनालाई पक्राउ पक्राउ गरेको छ ।


बिहीबार राति त्रीनगर भन्सार नाका भएर २ वटा मोटरसाइकलमा आउँदै गरेका ४ जनालाई चेकजाँचका क्रममा उनीहरुको साथबाट १४ ग्राम ब्राउन सुगर, ४५ थान टयाब्लेट नाईट्रोभेट, ८ थान टयाब्लेट स्पास्मोप्रोक्सोभन र ४ थान डाइलेक्स डिसी सीसी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका २ बस्ने ३५ बर्षीय सन्जय न्यौपाने, डडेल्धुरा अमरगडी नगरपालिका ४ बस्ने ३० बर्षीय सरोज भट्ट, सोही ठाउँका २५ बर्षीय सुरेन्द्र भट्ट र अत्तरिया नगरपालिका २ का ३२ बर्षीय सन्तोष भट्ट रहेको प्रहरी नायब उपरिक्षक बुढामगरले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

 


शुक्रबार ०४, चैत २०७३ ०५:५० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस