---
Sunday, June 24 2018, 20:42 | आइतबार १०, असार २०७५ २०:४२
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बिहिबार, १६ कार्तिक २०७४| Nirmala Khadayat
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

निर्मला खडायत
धनगढी, १६ कात्र्तिक ।

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।

गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण आज र भोलि सारिएको हो । यस्तै, धनगढीमा पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ ।

धनगढी उपमहानगरपालिका, फुलबारी र उर्मा गरेर १५ हजार बढी बालबालिकालाइ भिटामिन ए र जुकाको औषधि खुवाइन लागेको हो । ६ महिना देखि पाँच बर्ष सम्मका बालबालिकालाइ भिटामिन ए र एक बर्ष देखि पाँच बर्ष सम्मका लाइ जुकाको औषधि खुवाइन लागेको बताइएको छ ।  

जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका जनस्वास्थ्य अधिकृत खगेन्द्र शाहिका अनुसार बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागिएको हो । बालबालिकालाइ भिटामिन ए र जुकाको औषधि खुवाउन धनगढी उपमहानगरपालिकामा मात्रै २ सय १४ जना र कैलाली जिल्ला भरिमा गरेर १२ सय ९७ जना महिला स्वयंसेविका परिचालन गरिएको जनाइएको छ ।

भविष्यमा बालबालिकालाई रतन्धो रोग, कुपोषण, दीर्घकालीन झाडा पखाला, दादुरालगायतका रोग नलागुन भन्ने उद्येश्यले हरेक छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।
 


बिहिबार १६, कार्तिक २०७४ ०६:३७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस