---
Friday, October 18 2019, 20:00 | शुक्रबार ०१, कार्तिक २०७६ २०:००
कैलाली कात्र्तिक मसान्त भित्र पुर्ण खोपयुक्त नहुने निश्चित

बिहिबार, १६ कार्तिक २०७४| Nirmala Khadayat
कैलाली कात्र्तिक मसान्त भित्र पुर्ण खोपयुक्त नहुने निश्चित

निर्मला खडायत
धनगढी, १६ कात्र्तिक ।

कैलालीलाई कात्र्तिक मसान्त भित्रै पुर्ण खोप युक्त जिल्ला घोषणा गर्ने लक्ष्य असफल हुने देखिएको छ  । कार्तिक महिना सकिन करिव २ हप्तामात्रै बाकी रहदा धनगढी उपमहानगरपालिका, टिकापुर र अत्तरीया नगरपालिका तथा साविकको चौमाला र खैराका बस्तीहरु पूर्ण खोप युक्त हुन बाकी छन ।

यद्यपी, देशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य लिईएको सयम सन् २०१७ भित्रै कैलालीलाई पनि पुर्ण खोपयुक्त घोषणा गर्ने गरि तयारी थालिको बताईएको छ ।

कात्र्तिक मसान्त भित्रमा कैलाली जिल्लालाइ पुर्ण खोप युक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको भएपनि तोकिएको लक्ष्य पुरा नहुने भएको हो । अन्य जिल्लाका तुलनामा कैलालीमा धेरै जनसंख्या हुनु, केहि गाउपालिकाहरु बिकट क्षेत्रमा पर्नु, बसाईसराई लगायतका कारण लक्षित समयमा जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कैलालीका खोप सुपरभाइजर प्रदिप जोशिले बताउनुभयो ।

कार्तिक महिना सकिन करिव २ हप्तामात्रै बाकी रहदा धनगढी उपमहानगरपालिका, टिकापुर र अत्तरीया नगरपालिका तथा साविकको चौमाला र खैराका बस्तीहरु पूर्ण खोप युक्त हुन बाकी छन । देशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य लिईएको सयम सन् २०१७ भित्रै कैलालीलाई पनि पुर्ण खोपयुक्त घोषणा गर्ने गरि तयारी थालिको बताईएको छ ।

विभिन्न नगरपालिका र गाउपालिकामा जन्मे देखि ५ वर्ष मुनिका वालबालिकाहरुलाई विभिन्न किसिमको खोप लगाउने अभियान तिव्र रुपमा संचालन गरिरहेको जिल्ला जनस्वास्थ्य कैलालीका खोप सुपरभाइजर जोशिको भनाइ छ ।

राष्ट्रिय लक्ष्य अनुसार सन २०१७ सम्ममा कैलाली लगायत सुदुरपश्चिमका ९ वटै जिल्लालाइ पनि पुर्ण खोप मुक्त गर्ने लक्ष्य लिइएकोमा सुदुरपश्चिमका ६ वटा जिल्ला पुर्ण खोप मुक्त घोषणा भैसकेको क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । अब कैलाली सहित बाजुरा र डोटि जिल्ला मात्र घोषणा हुन बाकी रहेका छन ।

अबको एक महिना भित्रै सुदुरपश्चिमका सबै जिल्लाहरु पुर्ण खोप मुक्त घोषणा भैसक्ने क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलका सुचना अधिकारी रमेश मलासीले जानकारी दिनुभयो । नियमित रुपमा खोप नलगाएका कारण नवजात शिशुको अकालमा मृत्यु हुने गरेकोले त्यस लाइ न्युनीकरण गर्न पूर्ण खोप युक्त जिल्ला घोषणा अभियान संचालन गरेको बताइएको हो ।

राष्ट्रिय लक्ष्य अनुसार पुर्ण खोप युक्त गराउन जिल्लाका सबै सरोकारवालाहरुले लाग्नुपर्ने देखिन्छ । 
 


बिहिबार १६, कार्तिक २०७४ ०४:४७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस