Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:50 | बुधबार ०६, भदौ २०७५ ११:५०
सृजनशिल शाखा मसुरियामा आज देखि ईटरनेट सेवा शुरु

बिहिबार, १६ कार्तिक २०७४| Radio Dhangadhi
सृजनशिल शाखा मसुरियामा आज देखि ईटरनेट सेवा शुरु

मसुररिया १६ कार्तिक । सरकारी सेवा सुबिधाको जानकारी र सुचना हक सम्बन्धी जानकारी जनताहरुलाई गराउन कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ मसुरीयामा स्थापना भएको सृजनशिल शाखाले आजबाट सेवा शुरु गरेको छ ।  
एफएमडिसीका कार्यकारी निर्देशक तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले सृजनशिल शाखा स्थापनाका लागि गौरीगंगा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवालाई कम्प्युटर लगायतका सामानहरु यस अघि नै हस्तान्तरण गरेका थिए । सृजनशिल शाखाले सेवा शुरु गरेपछि पुर्णता पाएको हो । 
संस्थाले कैलाली, डोटी र अछाम जिल्लामा नागरिक समाज पारस्परिक जवाफ देहिता परियोजना सञ्चालन गर्दै आएको छ । 
आरटिआई सञ्जालका संयोजक पवन बोगटीले राजमार्ग रहेको मसुरीया बजारसंग जोडिएको सृजनशिल शाखाबाट त्यस क्षेत्रका आम नागरिकहरुले राज्यका सेवा सुबिधाका बारेमा जानकारी लिन सक्ने बताउनु भयो । 
सृजनशिल शाखा सञ्चालनले गौरीगंगा नगरपालिकामा आउने सेवाग्राहीलाई थप सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो । आम जनताले सुचनाको हक सम्बन्धी अधिकार सबैको अधिकार भएको भन्दै यस सिर्जनशिल शाखाले नेपाल सरकारले जारी गर्ने सबै सूचना अनलाई मार्फत प्राप्त गरी आम नागरिकले आवश्यकता अनुसार प्राप्त गर्न सक्ने छन । 
त्यस्तै गौरीगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरीप्रसाद तिवारीले गौरीगंगा नगरपालिकाका जनताहरुलाई सरकारी सेवा सुबिधाका बारेमा जानकारी पाउन सहज हुने बताउनु भयो । उहाँले अहिले सिर्जनशिल शाखाको स्थापनाले यस क्षेत्रका जनताले सहज रुपमा प्राप्त गर्न सक्ने बताउनु भयो । 
कार्यक्रम पारस्पारीक जवाफदेहिता परियोजना अन्र्तगत एफएमडिसीले सिर्जनशिल शाखा गौरीगंगा नगरपालिकाको वडा नं.९ मसुरियामा स्थापना गरेको थियोे । 
 


बिहिबार १६, कार्तिक २०७४ ०३:२२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस