---
Friday, October 18 2019, 19:59 | शुक्रबार ०१, कार्तिक २०७६ १९:५९
हलमा देखियो रमेश र प्रशान्तको क्रेज, दीपिकालाई दर्शकले कति रुचाए ?

आइतबार, १२ कार्तिक २०७४| Radio Dhangadhi
हलमा देखियो रमेश र प्रशान्तको क्रेज, दीपिकालाई दर्शकले कति रुचाए ?

काठमाण्डौ १२,कात्र्तिक ।

कुनै समयमा नेपाली चलचित्रमा हालिमुहाली गरेका नायक-नायिकाहरु यो क्षेत्रबाट हराउँदै गएको समयमा केही कलाकारले भने फेरि आफूलाई गतिलै कमब्याक गराउने छनक देखाएका छन् । नायक निखिल उप्रेतीको कमब्याक पनि राम्रै रह्यो । अब, अर्का नायक रमेश उप्रेती फेरि पनि चलचित्र क्षेत्रमा जम्ने सुरमा लागेका छन् । उनले कमब्याक गरेको चलचित्र ‘ब्रासलेट’ बक्स अफिसमा असफल भएपनि उनलाई खासै फरक परेको छैन ।

बिहिबारबाट रिलिज भएको चलचित्र ‘ऐश्वर्य’को सुखद व्यापारले रमेशलाई फेरि पनि केही बर्ष मेकर र नायकको रुपमा स्थापित गराइदिएको छ । आफैले निर्माण गरेको चलचित्रले रमेशको क्रेजलाई फर्काउने संकेत देखाएको छ ।


चलचित्र हेर्न हल पुगेका दर्शकसँग साक्षात्कार गर्न यो चलचित्रको टिम शनिबार विभिन्न हलमा पुगेको थियो । काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका नायक रमेश उप्रेती, नायिका दीपिका प्रसाई, खलनायक प्रशान्त ताम्राकारसँग तस्बिर खिचाउनेको भिड नै लाग्यो । 

नायक उप्रेतीले पनि दर्शकको विचमा उभिएर अभिभावदन गरे भने चलचित्र रुचाइदिएकोमा धन्यवाद दिएका थिए । यस्तै, नायिका दीपिका प्रसाइ र खलनायक प्रशान्त ताम्राकारसँग सेल्फी खिच्नेको भिड पनि उस्तै देखियो । दर्शकलाई प्रशान्तले बोलेका संवादहरु धेरै याद भएको पाइयो ।

चलचित्रको सुखद कमाइसँगै लभ स्टोरी जनराको ‘ऐश्वर्य’ले चलचित्र क्षेत्रलाई नै खुशी दिएको छ । दिवाकर भट्टराई निर्देशित चलचित्रले नेपाली मोडलिङ क्षेत्र, धनाढ्य व्यापारीविचको लडाइलाई पर्दामा उतारेको छ ।

अनलाइनखबर


आइतबार १२, कार्तिक २०७४ ०५:०४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस