Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:52 | बुधबार ०६, भदौ २०७५ ११:५२
बजार पाउन नसक्दा थारु चलचित्र निर्माणको कार्य सुस्तायो

आइतबार, १२ कार्तिक २०७४| Nirmala Khadayat
बजार पाउन नसक्दा थारु चलचित्र निर्माणको कार्य सुस्तायो

निर्मला खडायत
धनगढी, १२ कात्र्तिक ।

थारु चलचित्रले बजार पाउन नसक्दा केही वर्षयता त्यसको निर्माण कार्य पनि सुस्ताएको थारु कलाकारहरुले बताएका छन । केहीवर्ष पहिले निर्माणले गति लिएको थारु चलचिलले राम्रो व्यापार गर्न नसक्दा निर्माणको कार्य सुस्ताएको छ भने थारु चलचित्र च्यारिटि सो–मा मात्रै सिमित भएका छन । जसले गर्दा थारु कलाकार पनि पलायन हुन थालेको बताउछन ।

संख्यात्मक हिसाबले हालसम्ममा धेरै थारु चलचित्र निर्माण भइरहेका छन । तैपनि हालसम्म बनेका अधिकाश चलचित्रलले लगानी समेत  उठाउन नसकेको बताईएको छ । त्यसले गर्दा हाल थारु चलत्रित्रको निर्माण कार्य पनि सुस्ताएको छ । निर्माण गरिएका चलचित्र पनि च्यारिटि सो–मा मात्रै सिमित भएको थारु चलचित्र निर्देशक कृष्ण चौधरी चादको भनाइ छ ।

थारु फिल्मलाई नै सबैथोक मान्ने निर्मात्री तथा अभिनेत्री प्रबिना दैख पनि पछिल्लो समयमा थारु चलचित्र सुस्ताएको बताउनुुहुन्छ । अहिले जति नै ठूलो बजेटको राम्रो चलचित्र निर्माण गर्दा पनि फिल्मले राम्रो बजार पाउन नसकेको उहाको अनभव छ । जसले गर्दा कलाकार पनि कलाकारिता क्षेत्रमा टिक्न नसकेर पलायन हुन थालेका छन ।

थारु समुदायमा रहेको कमलरी प्रथालगायत बिबिध जनचेतना जगाउने कथावस्तु थारु चलचित्रमा समेटिएको हुन्छ । बजेट अभाव र गुणस्तरीय चलचित्र हुने भएकाले पनि थारु चलचित्रले बजार पाउन नसकेको दर्जनौ नेपाली तथा थारु चलचित्रमा खभिनय गरिसक्नुभएका खलनायक तेजा ऐरले बताउनुभयो ।

आधुनिकिकरण र पश्चिमीकरणको प्रभावले थारु समुदायले नै हलिवड , वलिवडका चलचित्रहरलाई वढि हेर्ने भएका कारण पनि थारु चलचित्रहरु ओझेलमा पर्न गएका छन । थारु चलचित्र सिमित क्षेत्रलाइ लक्षित गरि निर्माण गरिने भएकाले पनि सोचे ज्रस्तो वाजर पाउन नसकिएको वताईएको छ । वलिवड चलचित्रहरुमा भन्दा थारु चलचित्रहरुमा लगानि पनि कम हुने भएकाले कथा वस्तु राम्रै भएपनि चलचित्रहरुले वजार पाउन नसकेको धेरैको बुझाइ छ ।

धनगढि मात्रै दुईदर्जन भन्दाबढी थारु भाषाका चलचित्रहरु तयार गरिएका छन् । तर यस्ता खालका चलचित्रहरु ओझेलमा परेको थारु चलचित्र निर्देशकहरु ब्ताउछन । थारु भाषामै राम्रा फिल्महरु निर्माण गरेर तराई क्षेत्रमा बोलिने भाषामा डबिङ गर्नसके यसले बजार पाउने सम्भावना बढि देखिन्छ ।

थारु चलचित्रहरुले थारु पहिचान झल्काउनुका साथै कला संस्कृति र थारु पहिचान जोगाउमा जोड दिन पनि आवश्यक छ । 


आइतबार १२, कार्तिक २०७४ ०४:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस