---
Saturday, June 23 2018, 00:56 | शनिबार ०९, असार २०७५ ००:५६
छठ पर्व : पहिलो अर्घ आज साँझ अस्ताउदो सूर्यलाई

बिहिबार, ०९ कार्तिक २०७४| Radio Dhangadhi
छठ पर्व : पहिलो अर्घ आज साँझ अस्ताउदो सूर्यलाई

निर्मला खडायत
धनगढी, ८ कात्र्तिक ।

दशैँ र तिहार पछिको महत्वपुर्ण पर्वका रुपमा लिईने छठ पर्वको मुख्य दिन आज ब्रतालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् । खासगरी नेपालमा तपाई क्षेत्रमा विशेष महत्वका साथ मनाईने छठमा ब्रतालुले संसारलाई जीवन दिने भगवान भाष्कर सूर्य देव लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने परम्परा रहेको छ ।

नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा अस्ताउँदै गरेको सूर्यलाई आज अर्घ अर्पण गरेका व्रतालुहरुले  भोलि बिहान उदाउँदो सूर्यलाई दोश्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ । विगत तीन दिन देखी मनाईदै आएको छठको मुख्य दिन बीहिबार धनगढीको मोहना नदी घाटमा ब्रतालुहरुको घुईचो लाग्यो ।

बुधबार बेलुका खरना पुजा सम्पन्न गरेर ब्रत सुरु गरेका ब्रतालुले दुलहीझै श्रीङ्गारिएको मोहना नदी घाटमा अस्ताउदलो सुर्यलाई अर्घ दिएका छन् । भने कतिपयले आफुलाई पायक पर्ने नदी खोला एव्म पोखरीमा अर्घ दिएको छन् । छठ पर्वको बिशेष धार्मिक महत्व रहेको मोहना घाटमा भेटिनुभएका एकजना भक्तजन  सन्तोष मण्डलले बताउनुभयो ।

यो पर्वलाई सदभाव र भातृत्वको प्रतिकको रुपमा समेत लिने गरिन्छ । छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ ।

यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा दोश्रो दिनलाई “खर्ना“ भनिन्छ, भने तेश्रो दिनलाई छठ भनिने जानकार रामचन्द्र यादवले बताउनुभयो ।  

छठको अन्तिम दिन निर्जल ब्रत बसेर नदि छेउ गइ साझ सुर्यलाइ अर्घ दिएर चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने चलन छ । जसअनुसार बीहिबार साँझ अस्ताउदो सुर्यलाई अर्घ दिएका ब्रतालुले शुक्रबार बिहानै उदाउदो सुर्यलाई अर्घ दिएपछि छठ सम्पन्न भएको मानिन छठका अर्का जानकार तथा ब्रतालु सन्जित शाहले जानकारी दिनुभयो ।  

खासगरी मैथेली संस्कृतिमा प्रचलित छठ पर्वमा भक्तजन संगै बिभिन्न ठाँउबाट अवलोकनका लागि समेत मोहना नदी घाट विभिन्न विद्यालयका शिक्षकशिक्षीका एव्म विद्यार्थीहरुको समेत भीड देख्न सकिन्थ्यो । 


बिहिबार ०९, कार्तिक २०७४ ०८:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस