---
Wednesday, January 17 2018, 04:51 | बुधबार ०३, माघ २०७४ ०४:५१
सबैको सम्झनामा देवकोटा

बिहिबार, ०२ कार्तिक २०७४| Hari Bhatta
सबैको सम्झनामा देवकोटा

हरि भट्ट
कात्तिक २ धनगढी
 धनगढीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ जन्मजयन्ती विविध कार्यक्रम गरि मनाइएको छ । रचना तथा प्रतिमामा माल्यार्पण गरि महाकवि देवकोटाको १०८ औं जन्मजयन्ती मनाइएको हो ।

 महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा सुदूरपश्चिमाञ्चल साहित्य समाजले कवि गोष्ठी, बधाइ तथा कैलाली बहुमुखी क्याम्पसका सह प्रध्यापक गणेश राज जोशिको मान्छे र फुल कृति परिचर्चा, मुना मदन वाचन लगायत विविध कार्यक्रम गरेको छ ।

 कार्यक्रममा विभिन्न सष्टाले महाकवि देवकोटाको नेपाली साहित्यमा अमूल्य योगदान रहेका चर्चा गरेको थियो । सुदुर पश्चिमाचल साहित्य समाजको हल भित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती बनाई रहदा सहित्याकार सन्धाया जोशि र अर्जुन बसन्तले देबकोटाको ‘मुनामदन’ खण्डकाव्य बाचन गरी रहदा सबैका कान ठाडा त भए नै एकै छिन भए पनि सबै जना भाबभुक नै भए ।

  कवि देवकोटालाई सम्झने पहिलो पुस्ताका साहित्यकार मात्र नभई पछिल्लो पुस्ताका साहित्यकारको पनि उतिकै जमात रहेको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नु भएका देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

 नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो । नेपालीमा सहित्यका एक मूर्धन्य श्रष्टा महाकवि देवकोटाको योगदान नेपाली सहित्यमा अमूल्य रहेको छ । महाकवि देवकोटा स्वाभिमानका प्रतिक तथा राष्ट्रिय र जातियताका हिमायति भएको कैलाली बहुमुखी क्याम्पसका उपप्रध्यापक सिताराम भट्ट, गणोश राज जोशि र जगननाथ जोशिले बताउनुभयो ।

 नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धारका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्ति पनि झल्किन्छ । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल कविता लेख्नसक्ने क्षमता रहेको धेरै श्रष्टाको भनाई छ । २०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन तथा त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा महत्वपर्ण योगदान गर्नुभएको थियो ।

 साथै महाकवि देवकोटाले कुनै लोप लालच नराखेर नेपाली साहित्यमा दिएको योगदान शब्दमा बयान गरेर साध्य नभएको धनगढी उच्च माविका प्राचार्य लक्ष्मणदत्त भट्टको भनाई छ ।

 विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान दिनुभएका देवकोटा अहिलेसम्म पनि सबै नेपालीको मनमुटुमा बस्न सफल हुनुभएको छ  ।


बिहिबार ०२, कार्तिक २०७४ ०१:२६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस