---
Saturday, June 23 2018, 00:55 | शनिबार ०९, असार २०७५ ००:५५
धनगढीमा प्रथम रोटि महोत्सव

मङ्गलबार, ३१ असोज २०७४| Nirmala Khadayat
धनगढीमा प्रथम रोटि महोत्सव

निर्मला खडायत
धनगढी, ३१ असोज ।

धनगढीमा आज पहिलो पटक रोटि महोत्सव आयोजना गरिएको छ । टिकापुर पर्यटन समितिले प्रथम रोटि महोत्सव को आयोजना गरेको हो । सुदुरपश्चिमको भेषभेषा र संस्कृतिको  जगेर्ना गर्नका लागी बिगत ३ बर्ष देखि टिकापुरमा ढिक्रि महोत्सव, खिर महोत्सव गर्दै आएको टिकापुर पर्यटन समितिले यस पटक धनगढीमा महोत्सवको आयोजना गरेको हो ।

रोटि मेलालाइ आउदा बर्षहरुमा अझै सुदृढ गर्दै लैजाने टिकापुर पर्यटन समितिका अध्यक्ष थर्क बहादुर शाहले बताउनुभयो । रोटि मेलामा १८ प्रकारका रोटि प्रदर्शन गरिएका थिए । डोटिको ढुकढुके रोटि, सेल रोटि, फिनि रोटि, नेवारी रोटि, मकैको रोटि, कोदाको रोटि, राना थारु रोटि लगायत १८ प्रकारका रोटि प्रदर्शन गरिएका हुन ।

बिबिध संस्कृति र फरक जातजातीका रोटिका परिकार प्रदर्शन गरिएको रोटि मेला अवलोकन गर्न आएकाहरुले पनि रोटि मेलाले राम्रो असर पार्ने बताएका छन । उनिहरुले यो मेलालाइ निरन्तरता दिनुपर्ने बताएका हुन ।

सुदुरपश्चिमका फरक फरक संस्कृतिका रोटि प्रदर्शन गरिएकाले मेला रमाइलो र चाख लाग्दो भएको अवलोकन गर्न आउनु भएका नरेन्द्र शाहले बताउनुभयो । मेलामा सुदुरपश्चिमका थारु होमस्टेका बिभिन्न परिकारहरु पनि प्रदर्शन गरिएका थिए । 
 


मङ्गलबार ३१, असोज २०७४ ०१:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस