---
Wednesday, January 17 2018, 04:50 | बुधबार ०३, माघ २०७४ ०४:५०
‘मान्छे र फूल’ निबन्ध सङ्ग्रह लोकार्पण

मङ्गलबार, ३१ असोज २०७४| Radio Dhangadhi
‘मान्छे र फूल’ निबन्ध सङ्ग्रह लोकार्पण

एफएम संवाददाता
धनगढी, ३१ असोज ।

समालोचक तथा कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक गणेशराज जोशीद्वारा लिखित ‘मान्छे र फूल’ निबन्ध सङ्ग्रह आज लोकार्पण गरिएको छ । कैलाली बहुमुखी क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमकाबीच कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सङ्ग्रहको लोकार्पण गर्नुभयो ।  

भुँडीपुराण प्रकाशन काठमाण्डौँले बजारमा ल्याएको उक्त कृतिमा १६ वटा निबन्ध सङ्ग्रहित छन् । निबन्ध सङ्ग्रहभित्र सङ्ग्रहित निबन्धमा भष्ट्राचार, हत्या, हिंसालगायत सामाजिक विकृतिप्रति तिखो व्यङ्ग्य प्रहार गर्दै समाज सुधारको अपेक्षा गरिएको मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीले बताउनुभयो ।  

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बाशुदेव पाण्डेयले निबन्धहरुमा सामाजिक यथार्थलाई सरल भाषा र कलात्मक प्रस्तुति गरिएको बताउनुभयो । जीवन भोगाईका कुरालाई सरल तरिकाले प्रस्तुत गरेकाले निबन्ध सङ्ग्रहलाई सबै पाठकले मन पराउने उहाँको भनाइ छ । निबन्धकार जोशीले विषयबस्तु र प्रस्तुतिका दृष्टिले सङ्ग्रहलाई विविधतायुक्त बनाउने प्रयास गरेको बताउनुभयो ।

लामो समयदेखि कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापनरत जोशी समालोचनको क्षेत्रमा कलम चलाउँदै आउनु भएको छ । मोफसलका ख्यातिप्राप्त समालोचक जोशीको प्रकाशनमा आएको यो पहिलो कृति हो । 


मङ्गलबार ३१, असोज २०७४ ०५:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस