BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:28 | शुक्रबार ०५, असोज २०७५ १६:२८
काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट एक जना मारिए

आइतबार, २९ असोज २०७४| Radio Dhangadhi
काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट एक जना मारिए

 पाकिस्तान, २९ असोज : प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्काे झडपमा परी एकजनाको ज्यान गएको समाचार छ । 

भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरु पाँच जना घाइते भएका छन् । 

यसरी घाइते हुनेमा चार जना बालबालिका पनि परेका छन् । काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा भारतीय प्रहरीको गोली लागेर एकजना पाकिस्तानी नागरिकको ज्यान गएको र अरु पाँच जना घाइते भएका हुन् । 

सो झडपमा परी अरु पनि केही व्यक्ति घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका व्यक्ति परेका समाचारमा उल्लेख गरिएको छ । 

गएको मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए । 

सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ । सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो । (रासस÷सिन्ह्वा)

 


आइतबार २९, असोज २०७४ ०१:२० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस