---
Friday, September 20 2019, 22:42 | शुक्रबार ०३, असोज २०७६ २२:४२
यस वर्षको भाइटीकाको साइत ११ बज ५१ मिनेटमा

आइतबार, २९ असोज २०७४| Radio Dhangadhi
यस वर्षको भाइटीकाको साइत ११ बज ५१ मिनेटमा

धनगढी २९ असोज । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक ४ गते शनिबार विहान ११बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 
समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय विजय मुहूर्तको साइत दिएको जानकारी दिनुभयो । उहाँका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुने समितिले जनाएको  छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । 
 कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ । 


आइतबार २९, असोज २०७४ १०:३८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस