New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:05 | आइतबार ०६, साउन २०७५ १६:०५
मनिराम वाङ्गमय पुरस्कार राष्ट्रकवि घिमिरेलार्इ

बिहिबार, २६ असोज २०७४| Radio Dhangadhi
मनिराम वाङ्गमय पुरस्कार राष्ट्रकवि घिमिरेलार्इ

 एफएम संवाददाता
 असोज २६ कैलाली
 राजधानी वाहिरको सवैभन्दा ठूलो राशिको साहित्यिक पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाइ प्रदान गरिने भएको छ ।

  धनगढीमा गत बर्ष महाकाब्यकार मनिराम जोशीको नाममा उहाका छोरा गोबिन्दा राज जोशीले स्थापना गर्नुभएको एक लाख राशीको प्रथम ‘मनिराम वाङ्गमय पुरस्कार’ पहिलो पटक राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गर्न लागिएको हो ।

  उहाको जन शताब्दीका अवसरमा उक्त पुरुस्कार प्रदान गर्ने निर्णय गरिएको नेपाली साहित्य तथा सस्कृति प्रतिष्ठान गोदावरीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । पुरस्कार राष्ट्रकवि घिमिरेको एक सयौं जन्मदिनको पूर्व सन्ध्यामा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरि प्रदान गरिने बताइएको छ ।

  महाकाब्यकार जोशीको जन्मदिनको अवसरमा आज राष्ट्रकवि घिमिरेलाई यो वर्षको वाङ्मय पुरस्कार दिने जानकारी दिएको हो । नेपाली साहित्यका मूर्धन्य श्रष्टालाई पुरस्कार समर्पण गर्न पाउँदा गौरभान्वीत महसुस भएको प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बताउनुभयो ।

  पुरस्कारका लागि श्रष्टा चयन गर्न प्रतिष्ठानले प्रा.डा.रामचन्द्र भट्टको संयोजकत्वमा साहित्यकार श्रेष्ठप्रिया पत्थर र प्राद्यापक डिल्लीराज फुलारा सदस्यको समितिले पहिलो पटकको वाङ्मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई दिने निर्णय गरेको बताइएको छ । पुरस्कारको नाम आफ्नो नाममा स्थापना गरेर छोरा गोविन्दराज जोशीले निकै राम्रो कार्य गरेको महाकाब्यकार मनिराज जोशीले बताउनुभयो ।

  उहाँले धनको कुनै लालच गरेर समाजसेवामा लगानी गरेकोमा आफ्नो छोराप्रति खुसी व्यक्त गर्नुभयो । पुरस्कार गोविन्दराज जोशीले गत वर्ष आफ्ना बुबा मनिराज जोशीको नाममा पुरस्कारको स्थापना गर्नुभएको थियो । यो पुरस्कार हरेक वर्ष नेपाली साहित्यमा योगदान दिएका एक जना श्रष्टालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।


बिहिबार २६, असोज २०७४ ०६:५३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस