Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:58 | आइतबार ०२, मङि्सर २०७५ २२:५८
नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहरिने

बुधबार, २५ असोज २०७४| Radio Dhangadhi
नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहरिने

 २५ असोज

 भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहर हुने फैसला गरेको छ । भारतीय समाचार संस्था पिटिआइका अनुसार १८ वर्षभन्दा कम उमेरको श्रीमतीसँग शारीरिक सम्बन्ध राख्नु अपराध भएको र यसलाई बलात्कार मानिने सर्वोच्चले फैसला गरेको हो । 

अदालतका अनुसार नाबिलिग पत्नीले आफूसँग श्रीमानले शारीरिक सम्बन्ध राखेमा १ वर्षभित्र मुद्दा दायर गर्न सक्ने छन् । तर बलात्कारसम्बन्धी अहिले रहेको कानुन अनुसार श्रीमान श्रीमतीको सहमतिमा भएको शारीरिक सम्बन्धलाई अपराध मान्न नसकिने व्यवस्था छ ।

केन्द्र सरकारले भने दिल्ली हाइकोर्टमा वैवाहिक बलात्कारलाई अपराधको श्रेणीमा राख्न नहुने र यसले विवाह संस्था अस्थिर हुने तर्क राकेको थियो । 


बुधबार २५, असोज २०७४ ०३:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस