---
Sunday, November 18 2018, 23:01 | आइतबार ०२, मङि्सर २०७५ २३:०१
कञ्चनपुरको लिङ्गा अवलोकन गर्न आउनेको घुईचो

मङ्गलबार, २४ असोज २०७४| Admin
कञ्चनपुरको लिङ्गा  अवलोकन गर्न आउनेको घुईचो

निर्मला खडायत
धनगढी, २४ असोज ।

कञ्चनपुरको मध्य भागमा रहेको वेतकोट नगरपालिकाको उतर तर्फ करीब ७ किलोमिटर पुर्व बगुन गाउँमा माथि पहाडको फेदमा करीब ५०० मिटरमा फैलिएको लिङ्गा, प्राकृतिक पहाडको फरक बनोट अवलोकन गर्नका लागी पर्यटकहरुको घुइचो लाग्न थालेको छ ।

शिव लिङ्गको आकारमा रहेको यो पहाडको बनावटले पर्यटकको मन मात्रै लोभ्याएको छैन, यसको दर्शन गरे मनोकांक्षा पुरा हुने धार्मीक विश्वास रहि आएको छ । पर्यटनको ठुलो सम्भावना बोकेको भएपनि यस क्षेत्रको संरक्षणका लागी हाल सम्ममा सरोकारवाला पक्षबाट भने कुनै पहल हुन सकेको छैन ।  

कञ्चनपुर जिल्लाको मध्य भागमा रहेको वेतकोट नगरपालिकाको उतर तर्फ करीब ७ किमि पुर्व बगुन गाउँमा माथि पहाडिको फेदमा करीब ५०० मिटरमा फैलिएको लिङ्गा,प्राकृतिक पहाडको फरक बनोट अवलोकन गर्नका लागी अहिले पर्यटकहरुको घुइचो लाग्ने गरेको छ ।

दैजिको उतर तर्फ करीब ७ किमि पुर्व बगुन गाउँमा माथि पहाडिको फेदमा अवस्थित यो धार्मीक स्थाल एक सुन्दर प्राकतिक तथा धार्मीक आस्था बोकेको यो क्षेत्र लिङ्गाका नामले प्रसिद्ध छ । शिव लिङ्गको आकारमा रहेको यो पहाडको बनावटले पर्यटकको मन मात्रै लोभ्याएको  छैन,यसको दर्शन गरे मनोकांक्षा पुरा हुने धार्मीक बिस्वास समेत रहेको पुजारी बिरा दत्त भट्टले बताउनुभयो ।

२०२७ सालमा बगुनबासीको जानकारीमा आएको लिङ्गा पहाडको फरक बनोट आकार र क्षेत्र अहिले बढ्दै गइरहेको छ । हेर्दा बनाइएको जस्तो देखिने लिङ्गा क्षेत्रमा दैवि शक्ति भएको बिस्वास गरिन्छ ।

सरकारी क्षेत्रबाट कुनै पहल नभए पछि अहिले यसको संरक्षणका लागी एक समिति गठन गरीएको छ । धार्मीक स्थल संरक्षण समिति चन्दा संकलन गरि यसको संरक्षणमा जुटेको मन्दिर निर्माण समितिका सचिब गणेश दत्त भट्टले बताउनुभएको छ । पहाडको फेदिमा रहेको यो एक प्राकृतिक सौन्दर्य बोकेको लिङ्गा र नजिकै रहेको शिवको मन्दिरले यस क्षेत्रको सौन्दर्यतालाइ  अझै एक किसिमको प्राकृतिक रुपमा धनि तुल्याइ दिएको छ ।

लिङ्गा क्षेत्रमा फैलिएको प्राकृतिक पहाडको फरक बनोट अवलोकन गर्नका लागी अहिले पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । बाटोको समस्याका बाबजुत पनि दैनिक ३ देखि ४ सय सम्म मानिसहरु अवलोकनका लागि लिङ्गा पुग्ने गरेका छन । पर्यटक लोभ्याउनको लागी अन्य देशहरुमा पर्यटन क्षेत्रहरु बनाइएका हुन्छन । तर हाम्रो देशमा भएका पर्यटकिय क्षेत्रको सरक्षणमा पनि राज्यले चासो नदिएको लिङ्गा अवलोकन गर्न आउनु भएका निरज बिष्टले गुनासो गर्नुभयो ।

बाटोको समस्याका बाबजुत पनि दैनिक ३ देखि ४ सय सम्म मानिसहरु अवलोकनका लागि लिङ्गा पुग्ने गरेकोमा यसलाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न सके यहाको पर्यटनको बिकासमा ठुलो टेवा पुग्ने देखिन्छ । 


मङ्गलबार २४, असोज २०७४ ११:२२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस