Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:53 | बुधबार ०६, भदौ २०७५ ११:५३
जखौर ताल पर्यटकिय गन्तव्यको रुपमा स्थापित हुदै

शुक्रबार, २० असोज २०७४| Admin
जखौर ताल पर्यटकिय गन्तव्यको रुपमा स्थापित हुदै

निर्मला खडायत
धनगढी, २० असोज ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवरीयामा रहेको जखौर ताल पर्यटकिय गन्तव्यको रुपमा स्थापित हुन थालेको छ । उक्त ताल अहिले धनगढीका आउने पर्यटकहरुको रोजाइ बन्दै गइरहेको छ ।

शान्त, सफा र स्वच्छ बातावरण भएको जखौर ताल कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । अझै तालको बारेमा प्रचारप्रसार हुन सके यसको महत्व अझै बढने देखिन्छ । कैलाली जिल्लाको धनगढी स्थित जखौर ताल अहिले पर्यटकहरुो रोजाइ बन्दै गइरहेको हो ।

जखौर ताल संरक्षण गर्नको लागि स्थानिय सदस्यहरू भएको समिति बनाइएको छ यो समितिले तालको रेखदेख गर्ने र संरक्षण प्रदान गर्ने गर्दछ । शान्त, सफा र स्वच्छ बातावरण भएको जखौर ताल कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो ।

जखौर तालको पर्यटन पर्वर्द्धन गर्नको लागि तालको दक्षिण पश्चिममा प्रवेश मार्ग संगै एउटा उद्वान रहेको छ जहाँ धेरै थरिका फुल र अन्य बनष्पतिका नमुनाहरू बिभिन्न जडिबुटिहरु राखिएका छन । शान्त, सफा र स्वच्छ बातावरण भएको जखौर तालमा अवलोकन गर्न दैनिक जसो सयौको संख्यामा आन्तरीक संगै बाह्य पर्यटकहरु आउने गरेको देवरीया वनस्पती उद्यानका नर्सरी नाइके गणेश बहादुर बरालले बताउनुभयो ।

प्राकृतिक सौन्दयर्ता संगै ऐतिहासिक तथा धार्मिकसम्पदाहरुले सम्पन्न रहेको जखौर तालको प्रचार प्रसार र विकाश गर्न सकिए थुप्रै पर्यटकहरु भित्र्निे सम्भावना रहेकोे अवलोकनकर्ताहरु बताउछन ।  आन्तरिक तथा वाह्य पर्यटकीय क्षेत्र विकासका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यो क्षेत्र राज्यले प्रदान गरेका सुविधाहरुको न्यूनतम उपभोगको अवसरबाट बञ्चित जस्तै देखिएको छ ।

पर्यटकलाइ आकर्षित गर्ने जोखर ताललाई धार्मिक तालका रुपमा पनि हेरिन्छ । हरेक शिव रात्रिका दिन यस तालमा ठूलो मेला समेत लाग्ने गर्दछ । जखौर तालमा प्राकृतिक सौन्दर्यता संगै अरु धार्मिक तथा सास्कृतिक महत्वका स्थान पनि भएकाले जखौर ताल मन लोभ्याउने ताल भएको तालको अवलोकन गर्न आउनुभएकी निता बिष्टले बताउनुभयो ।

तालको प्रचार प्रसारको कमिले यस तालमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सोचे जस्तो आगमन हुन सकेको छैन् । आन्तरिक तथा वाह्य पर्यटकको प्रचुर सम्भावना बोकेको जखौर ताल जैविक विविधताका हिसावले झनै महत्वपूर्ण रहेको छ । यहा प्राकृतिक सौन्दर्यता संगै वनस्पतिहरु र बिभिन्न प्रजातिका औषधिजन्य जडीबुटीहरु पाइने गर्दछन ।

पर्यटन प्रवद्र्धनमा जखौर ताललाइ महत्वआकांक्षामा राखी यसको प्रचार प्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटक बाट यस क्षेत्रले राम्रो आर्थिक लाभ दिन सकिने सम्भावना रहेको छ । 


शुक्रबार २०, असोज २०७४ ०३:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस