---
Tuesday, November 12 2019, 05:17 | मङ्गलबार २६, कार्तिक २०७६ ०५:१७
शोकमा रहेको गौतमको परिवारलाई सान्तवना दिन अध्यक्ष ओली गौतमको घर जादै

ओलीसहितको एमाले नेतृत्व कञ्चनपुरको पुनरबासमा

बिहिबार, ०३ चैत २०७३| Hari Joshi
शोकमा रहेको गौतमको परिवारलाई सान्तवना दिन अध्यक्ष ओली  गौतमको घर जादै

धनगढि ३ चैत्र । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा रक्षा गर्दा भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर ज्यान गुमाएका सहिद गोविन्द गौतमका परिवारलाई भेट्ने भएका छन् ।देशको सीमा रक्षा गर्दा मारिएका गौतमको अन्त्येष्टि र परिवारलाई भेट्न कोही पनि राष्ट्रिय नेता नगएका बेला देशकै दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीसहित शीर्ष नेता पहिलोपटक कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजार जान लागेका हुन् ।  शोकमा रहेको गौतमको परिवारलाई सान्तवना दिन अध्यक्ष ओली शुक्रबार (भोलि) गौतमको घर कञ्चनपुरको पुनर्वास नगरिपालिका–८ आनन्दबजार जाने ओलीको निजी सचिवालयले जनाएको छ ।देशको सीमा रक्षा गर्दा मारिएका गौतमको अन्त्येष्टिमा तथा परिवारलाई भेट्न कोही पनि राष्ट्रिय नेता नगएको र प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारमा व्यस्त रहेका बेला देशकै दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीसहित शीर्ष नेता पहिलोपटक कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजार जान लागेका हुन् । एमालेको अभियान कञ्चनपुर पुगेपछि सदरमुकाम महेन्द्रनरगमा आमसभा सम्पन्न गरी अध्यक्ष ओलीसहितको एमालेको पुरै नेतृत्व सहिद गौतमका परिवारजनलाई भेट्न जाने कार्यक्रम छ । ओलीसहित एमाले नेताहरुले गौतमका परिवारलाई भेटेर सान्तवना दिनेछन् ।एमालेले गौतमको हत्या भारतीय सुरक्षाकर्मीले गरेको भन्दै भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने र पीडित परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएको छ । गत फागुन २७ गते नेपाली भूमिमै प्रवेश गरी भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गोली प्रहार गरी गौतमको हत्या गरेको थियो । पुनर्वास नगरपालिका भित्रको खोलामा स्थानीय उपभोक्ता समितिले कल्भर्ट निर्माण गरिरहेकोमा भारतीय पक्षले रोक्न खोजेपछि नेपालीले प्रतिवाद गर्दा यो घटना हुन पुगेको हो । यसैविच नेकपा (एमाले) ले भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोली प्रहारबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । मेची–महाकाली अभियानअन्तर्गत बिहीबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ लाखको चेक र ल्याप्टप पार्टीका जिल्ला अध्यक्ष तारालामा तामाङमार्फत गौतमको परिवारलाई हस्तान्तरण गरेका हुन् । सचिव योगेश भट्टराईका अनुसार गौतमको परिवारलाई ५ लाख सहयोग र उनका छोरीका लागि एमालेले ल्यापटप हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्दै एमाले अध्यक्ष ओलीले उक्त घटनामा भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने, दोषीमाथि कारवाही गर्नुपर्ने र पीडित परिवारलाई भारतले सम्मानजनक क्षतिपूर्ति दिनुपर्ने आफूहरुको माग रहेको जानकारी गराए । गौतम गत फागुन २६ गते पुनर्वासको आनन्द बजारमा एसएसबीको गोलीबाट मारिएका थिए । 


बिहिबार ०३, चैत २०७३ ०१:०३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस