---
Sunday, November 18 2018, 23:01 | आइतबार ०२, मङि्सर २०७५ २३:०१
मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे

बुधबार, ०४ असोज २०७४| Radio Dhangadhi
मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे

मेक्सिको सिटी, ४ असोज: मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । 

भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ । 

मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् । 

भकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । (रासस÷सिन्ह्वा)


बुधबार ०४, असोज २०७४ ०६:१२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस