---
Thursday, November 23 2017, 02:17 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१७
चैते दशैं मनाईंदै

मङ्गलबार, २२ चैत २०७३| Hari Joshi
चैते दशैं मनाईंदै

एफएम संवाददाता÷धनगढी÷ चैत्र २२–
आज चैत शुक्ल अष्टमी, अर्थात हिन्दूहरुको पर्व चैते दशैं । धनगढीमा पनि बिभिन्न मन्दिरहरुमा देवीको पूजा र उपासना गर्दै मनाईंदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दूहरुले वर्षको दुईपटक दशैं मनाउने गरेका छन् । असोजमा मनाइने दशैंलाई बडादशैं र चैतमा मनाइनेलाई चैते दशैंका रुपमा लिइने गरिन्छ । यद्यपि, असोजमा जस्तो धुमधामका साथ चैते दशैं मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दशैं भनेर हिन्दूधर्मालम्बीहरुले रमाइलो गर्ने गर्दछन् । 

 


मङ्गलबार २२, चैत २०७३ ०२:०४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस