---
Tuesday, August 21 2018, 21:24 | मङ्गलबार ०५, भदौ २०७५ २१:२४
असोज ३ गतेदेखि सुप आइडल सुरु हुदै

शनिबार, ३१ भदौ २०७४| Nirmala Khadayat
असोज ३ गतेदेखि सुप आइडल सुरु हुदै

निर्मला खडायत
धनगढी, ३१ भाद्र ।

असोज ३ गतेदेखि सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुमा सुप आइडल सुरु हुने भएको छ । धनगढीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै तिलक फिल्मस प्रालिका संस्थापक दिपक जोशिले सो कुरा जानकारी गराउनु भएको हो ।

सुदुरपश्चिममै पहिलो पटक हुन गैरहेको सुप आइडलले सुदुरपश्चिममा लुकेर रहेका प्रतिभाहरुलाइ उजागर गर्ने आयोजकले बिस्वास लिएको छ  । पत्रकार सम्मेलनमा अध्यक्ष रहनु सुप आइडलका प्रायोजक जोशिले सुप आइडल आइडल हुने मिति र आइडलमा आउने जजहरुको बारेमा जानकारी दिनु भएको थियो । उहाले पहिलो दिन ३ गते धनगढीमा, ४ गते डोटिमा, ५ गते महेन्द्रनगर र डडेल्धुरा, ८ गते बझाङ, ९ गते बैतडि, र १० गते दार्चुला आइडल हुने जानकारी दिनुभएको हो ।

फाइनल राउन्डका लागी टप ४५ छनौट गरी अन्तिम छनौट धनगढीमा गरिने तिलक फिल्मस प्रालिले जनाएको छ । फाइनल राउन्ड असोज १८ गते धनगढीमा हुने जनाइएको छ ।  तिलक फिल्मस प्रालिका संस्थापक जोशिले फारम भर्न २ दिन थप गरेको जानकारी समेत दिनुभयो ।

धेरै ठाउँहरुबाट फारम भर्ने मिति थप गराइदिन अनुरोध आएकोले र कारण बस छुटेकाहरुलाइ पनि अवसर मिलोस भन्नका लागी असोज १ र २ गतेका लागी फारम मिति थप गरिएको बताउनुभयो । इच्छुक ब्यक्तिहरुले थप जानकारीका लागी प्रत्येक जिल्लामा रहेका एफएम रेडियोमा सम्पर्क गर्न आग्रह गर्नु भयो ।

आइडलमा प्रथम हुनेलाइ २५ हजार नगद संगै गीत रेकर्डिङको अवसर दिइने । दितिय हुनेलाइ १० हजार नगद संगै गीत रेकर्डिङको अवसर दिइने जनाइएको छ । साथै पत्रकार सम्मेलनमा आइडलको सफलताको शुभकामना दिदै रेडियो धनगढीका स्टेसन म्यानेजर हरी जोशिले आइडलमा तृतिय हुनेलाइ गीतार प्रदान गर्ने उद्घोष समेत गर्नु भएको थियो । 


शनिबार ३१, भदौ २०७४ ०७:१७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस