---
Thursday, November 23 2017, 02:02 | बिहिबार ०७, मङि्सर २०७४ ०२:०२
चाडपर्व नजिकीय संगै बजार अनुगमन तीव्र

बुधबार, २८ भदौ २०७४| Admin
चाडपर्व नजिकीय संगै बजार अनुगमन तीव्र

एफएम सम्बाददाता
भदौ २८ दार्चुला  
   दशैं तिहार नजिकिँदै जाँदा बजार अनुगमन समितिले दार्चुला सदरमुकाम खलंगामा अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा म्याद नागेका खाद्यबस्तुहरु तथा गुणस्तरहीन मासु विक्री गरिएको भेटिएको छ ।

  चाडपर्वका बेला हुने कालोबजारी, म्याद नाघेका सामाग्री विक्री वितरणलाई नियन्त्रण गरी उपभोक्ता हितलाई कायम राख्न बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलंगामा रहेका केही मासु पुसलहरुमा सडेको मासु विक्री वितरण गर्ने गरेको, मासु पसलहरुको सरसफाईको अवस्था लगायत मासु पसल सञ्चालनका मापदण्ड समेत पूरा नगरेको पाईएको बजार अनुगमन समितिका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

  जिल्ला सदरमुकाम क्षेत्रमा मात्रै दर्जन बढी मासु पसलहरु छन् तर, ती पसलहरुमा विक्री वितरण गरिने मासु त्यत्तीकै काटेर झुण्ड्याइनु बाहेक अन्य प्रक्रिया नपुगेको बेला बेला गुनासो आउने गरे पनि सुधार हुन सकेको छैन् । आधुनिक बधशाला नहुुनु, स्वास्थ्य परीक्षण नगरिएका कुखुरा, खसी बाख्रा लगायतका पशुपन्छीहरुको मासु विक्री हुनु तथा भारतबाट सीमापार गरी मरेका कुखुरालाई बेच्ने गरेको सार्वजनिक हुँदा पनि सम्बन्धित निकायले खासै चासो नदिएको उपभोक्ताको गुनासो छ ।

  त्यति मात्रै होइन खुद्रा तथा किराना पसलहरुमा म्याद नागेका खाद्य पदार्थहरु, मसला, पेय पदार्थ विक्री वितरण गर्ने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले वताउनु भयो । यसैविच उता दशै तथा तिहार नजीकीदै गर्दा बझाङमा ब्यापारीहरुले अखाद्य बस्तु विक्री गर्ने गरेको पाईएको छ । लामो समय देखी बजारको अनुगमन नहुँदा बझाङका स्थानीय बजारहरु तमैल, भाँडे, मोरीबगर, झनाना, लगायत बजाहरुका  व्यापारीहरुले अखाद्य बस्तु विक्री बस्तु गर्ने गरेको विथ्थडका स्थानीय कर्ण बहादुर बोहराले बताउनुभयो । व्यापारीहरुले धेरै मुनाफा आर्जन गर्न खाद्य वस्तुमा अखाद्य वस्तु मिसाउने गरिएको उहाले बताउनुभयो ।

  केही महीना अघि सदरमुकाम चैनपुरमा अनुगमन गरीएको भए पनी स्थानीय बजारमा विगत ७÷८ महिना देखी अनुगमन नभएको नागरीक समाजका अगुवा धर्मजंग बहादुर सिहँले बताउनुभयो । नियमीत अनुगमन नहुँदा अखाद्य बस्तु विक्री भईरहेको उहाले बताउनुभयो । दशै तिहारको समयमा दाल, चामल पिठो लगायत दैनिक उपभोग्य बस्तुहरुमा स्थानीय ब्यापारीहरुले महंगो मल्य लिने गरेको समेत स्थानीयले गुनासो गरेका छन् ।


बुधबार २८, भदौ २०७४ ०७:०४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस