Modern Songs

08:30 PM - 08:45 PM

Tuesday, September 26 2017, 20:30 | मङ्गलबार १०, असोज २०७४ २०:३०
ग्रामीण सडक सञ्चालन नहुँदा समस्या

बुधबार, २८ भदौ २०७४| Admin
ग्रामीण सडक सञ्चालन नहुँदा समस्या

एफएम सम्बाददाता
भदौ २८ डोटी 
   डोटीमा रहेका धेरै जस्तो ग्रामीण सडक सञ्चालन नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन् ।

  डोटीका राजपुर गड्सेरा, बिपिनगर बागछेडा, दिपायल चवरा चौतारा, शान्तिनगर नारी दाङ, कपल्लेकी नापानी लगायतका दर्जनौं ग्रामीण सडक अवरुद्ध भएको महीनौं दिन पुग्दासमेत सञ्चालन नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।

  असारको पहिलो हप्तदेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडकहरु सञ्चालन नहुँदा स्थानीय बासिन्दले सामान ढुवानी गर्न भरिया प्रयोग गर्नु परेको छ । ग्रामीण सडक सञ्चालन नहुँदा गाडी पुग्ने यहाँका विभिन्न ठाउँमा लामो समयदेखि पैदल यात्रा गर्नु परेको केआईसिंह गाउँपालिकाका स्थानीय दिपक जोशीले बताउनु भयो । सडक सञ्चालन गर्नमा सरोकारवाला निकायले खासै चासो नदिएका कारण समस्या उत्पन्न भएको स्थानिय बासिन्दाको आरोप छ ।

  उता डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका डिभिजन प्रमुख रुपकराज भण्डारीले ग्रामीण सडक खोल्ने तथा सुरु गर्ने जिम्मा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भएको बताउनु भयो । 

प्रतिकृया दिनुहोस