---
Thursday, November 23 2017, 02:02 | बिहिबार ०७, मङि्सर २०७४ ०२:०२
विद्युत महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा

बुधबार, २८ भदौ २०७४| Admin
विद्युत महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा

एफएम सम्बाददाता
भदौ २८ कैलाली
  नेपाल विधुत् प्राधिकरण धनगढी वितरण केन्द्रमा लामो समयदेखि विद्युत्को महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा परेका छन् ।

  लाइन काटिएको छ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखिएको नेपाल विद्युत् प्राधिकरण धनगढी कार्यालयका लेखापाल गोविन्द ढकालले बताउनुभयो ।   कालोसूचीमा पर्नेमा घर बिक्री गरी अन्यत्र बसाइँसराइ गरेका, साविकको भन्दा अर्को ठाउँमा घर बनाइ बसेका र केही उद्योग छन् ।

  यी ग्राहकबाट महसुलबाफत रु ३३ लाख रकम असुल गर्न बाँकी छ । यसैविच बक्यौता रकम बुझाउन ऊर्जा मन्त्रालयले जारी गरेको १५ दिने सूचनाको समय सकिएसँगै प्राधिकरण धनगढी शाखाले महसुुल नबुझाई बक्यौता राख्ने ग्राहकको लाइन काट्न थालेको हो ।  तीन दिनमा ४० भन्दा बढी ग्राहकको लाइन काटिएको छ ।

  लाइन काटिएसँगै कतिपय ग्राहकले बक्र्यौता रकम बुझाएर पुनः लाइन जडान गर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरण धनगढीको झण्डै रु १२ करोड बक्यौता असुल गर्न बाँकी छ । बक्यौता रकम सबैभन्दा बढी सडक बत्तीको रु पाँच करोड ४३ लाख छ । ग्राहकतर्फ रु एक करोड ९२ लाख, व्यापारिक क्षेत्रतर्फ रु एक करोड, उद्योगतर्फ रु दुई करोड र सामुदायिक क्षेत्रतर्फ रु एक करोड बक्यौैता रहेको प्राधिकरणले जनाएको छ । 


बुधबार २८, भदौ २०७४ ०६:४२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस