Modern Songs

08:30 PM - 08:45 PM

Tuesday, September 26 2017, 20:30 | मङ्गलबार १०, असोज २०७४ २०:३०
दशैँका लागि आजबाट नयाँ नोट वितरण, एक जनालाई २७ हजारसम्म

बुधबार, २८ भदौ २०७४| Radio Dhangadhi
दशैँका लागि आजबाट नयाँ नोट वितरण, एक जनालाई २७ हजारसम्म

कञ्चनपुर, २८ भदौ ।नेपालीहरूको महान चाड विजया दशमीका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आज (बुधबार) देखि नयाँ नोट बितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र सय रुपैयाँ दरका नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले गत वर्षहरूमा आफैं मात्रै नयाँ नोट वितरण गर्ने गथ्र्यो तर यसपालि भने सरकारी वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्ने जिम्मा दिएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट दिने व्यवस्था छ ।

राष्ट्र बैंकको थापाथली कार्यालय, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकबाट नयाँ नोट साट्न पाइनेछ । यी सरकारी बैंकका १६ वटा शाखा कार्यालयबाट नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकका न्युरोड, बालाजु, कीर्तिपुर, भक्तपुर, पाटन औद्योगिक क्षेत्र, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, नयाँ बानेश्वर, टेकु, सानो ठिमी, नक्साल, विशाल बजार र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रत्नपार्क, रामशाहापथ तथा मंगलबजारबाट नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस