Modern Songs

08:30 PM - 08:45 PM

Tuesday, September 26 2017, 20:30 | मङ्गलबार १०, असोज २०७४ २०:३०
पाईलटको अभावमा पहाडि जिल्लामा उडान भर्न समस्या

विमानस्थलमा अझै पुर्वाधारहरुको कमी

मङ्गलबार, २७ भदौ २०७४| Admin
पाईलटको अभावमा पहाडि जिल्लामा उडान भर्न समस्या

एफएम सम्बाददाता
भदौ २७ कैलाली
   धनगढी विमानस्थलमा दैनिक ६ उडान भएपछि, अब सुदूरपश्चिमका पहाडि जिल्लामा पनि क्षेत्रीय उडान हुनुपर्ने माग उठीरहेका बेला, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले प्रशिक्षक पाईलटको अभावमा सुदूरपश्चिमका पहाडि जिल्लामा तत्कालै उडान गर्न नसकिने जनाएको छ ।

  नेपालवायु सेवानिगमले यसअघि नै नेपालगञ्जमा, सुदूरपश्चिम र मध्यपश्चिमका लागि भन्दै संयुक्त क्षेत्रीय कार्यालय खोली सकेको छ । नेपाल बायुसेवानिगमका सहायक महाप्रबन्धक गणेश बहादुर चन्दले, नेपालबायुसेवानिगमसँग ट्वीनएटर जहाजका लागि प्रशिक्षकपाईलट नभएकाकारण सुदूरपश्चिमका पहाडि जिल्लामा उडानको कार्यक्रम राख्ननसकिएको बताउनुभयो । वायुसेवाको नियमअनुसार पहाडि जिल्लातिर जहाज उडाउनका लागि ‘अल फिल्ड क्लियर’ अथवा सबैतिर उडान गर्नसक्ने पाईलटको आवश्यकता पर्छ ।

  अहिले नेपालवायु सेवानिगमको ५२ सीटको एमआई ६० जहाजमा तीन जना र वाई १२ का लागि एक जना मात्रै प्रशिक्षक पाईलट छन । एउटा क्षेत्रमा जहाज उडाउनका लागि सामान्य पाईलटले, प्रशिक्षक पाईलट सँग कम्तीमा पनि ४०÷५० उडान गर्नुपर्ने प्रावधान छ । नेपालवायु सेवानिगमले आफुले नियुक्त गरेका प्रशिक्षक पाईलटहरु नीजि विमान कम्पनीहरुले तान्न थाल ेपछि समस्या भएको जनाएको छ ।

  निगमले नियुक्त गरेर ‘अल फिल्ट क्लियर अथवा सबै क्षेत्रमाजहाज उडाउन सक्ने पाईलटलाई नीजि विमान कम्पनीहरुले तानेर लैजानथालेपछि झन समस्या आएको सहायक महाप्रबन्धक चन्दले बताउनुभयो ।

  उहाँले नेपालगञ्जमानागरिक उड्डयनप्राधिकरणले जहाज मर्मतका लागि ह्यांगर बनाई दिएको, पार्किङका लागि सुविधा भएकाले पनि त्यहाँ बाट क्षेत्रीय उडानहरु भईरहेको बताउनुभयो । उहाँले धनगढी विमानस्थललाई हब बनाएर पहाडि जिल्लामा उडानका लागि विमानस्थलमा अझै धेरै पुर्वाधारहरु बन्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस