---
Thursday, November 23 2017, 02:06 | बिहिबार ०७, मङि्सर २०७४ ०२:०६
दुई दशकसम्म विमानस्थल सञ्चालनमा आउन सकेन

पर्यटन व्यवसायी मारमा

मङ्गलबार, २७ भदौ २०७४| Admin
दुई दशकसम्म विमानस्थल सञ्चालनमा आउन सकेन

एफएम सम्बाददाता
भदौ २७ कञ्चनपुर 
   दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा कञ्चनपुर क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । विमानस्थल सुचारु नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् ।

  हवाईसेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् ।  हवाईमैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ ।

  पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाईसेवा महत्वपूर्ण भएकाले विमानस्थल सुचारु गर्न पटकपटक आग्रह गर्दा पनि सरकारले सुनवाइ नगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारीको गुनासो रहेको छ । हवाईसेवा नहुँदा यहाँका पर्यटन व्यवसायीले लगानी गर्न नसकेका उहाँको भनाइ छ । हवाई यातायातको व्यवस्था नहुँदा कञ्चनपुरमा घुम्न आउने पर्यटकको संख्या नगन्य मात्रामा रहने गरेको छ ।

  पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण भएकाले बन्द विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले चासो राख्नुपर्नेमा यहाँका पर्यटन व्यवसायीले जोड दिएका छन् । २०२५ मा निर्माण गरिएको सो विमानस्थल २०५५ सालदेखि बन्द अवस्थामा रहेको छ । 


मङ्गलबार २७, भदौ २०७४ ०७:०६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस