Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:29 | मङ्गलबार १०, असोज २०७४ २०:२९
चुनाव पछि कांग्रेस माओवादी गठबन्धन ध्वस्त ः रावल

सरकारले राष्ट्रिय हितविपरित काम गरि रहेको आरोप

मङ्गलबार, २७ भदौ २०७४| Hari Bhatta
चुनाव पछि कांग्रेस माओवादी गठबन्धन ध्वस्त ः रावल

एफएम सम्बाददाता
भदौ २७ कैलाली
  आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनावले कांग्रेस माओवादीको गठबन्धन ध्वस्त पार्ने नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताउनुभएको छ ।

  मङगलबार धनगढीमा कार्यक्रता भेटघाट कार्यक्रममा बोल्दै उहाँले मंसिर १० र २१ गते हुने चुनावमा एमाले पहिलो पार्टि बन्दै कांग्रेस–माओवादी गठबन्धन ध्वस्त हुने उहाँले बताउनुभयो ।  

     
  भारतलाई खुसी पार्न अहिलेको गठबन्धन सरकारले राष्ट्रघाती काम गरिरहेकाले त्यसको प्रतिकारमा एमाले लागि रहेको उपाध्यक्ष रावलले बताउनुभयो । क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई प्राथमिकतामा राखेर क्षेत्र निर्धारण गरेको प्रति पनि आफ्नो पार्टि सन्तुष्ट नरहेको उहाँले बताउनुभयो ।

 
  आगामी निर्वाचनमा बहुमतकासाथ विजयी हुन सबै कार्यक्रतालाई उहाँले निर्देशन समेत दिनुभयो । लोकतन्त्र, राष्ट्रघात तथा जनताको हित विपरीत वर्तमान सरकारले काम गरि रहेकाले त्यसको अन्त्यका लागि आगामी चुनावमा एमालेले बहुमत ल्याउनुपर्ने पूर्व उप–प्रधानमन्त्री समेत रहनु भएका रावलले बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्मकै जम्बो ५४ सदस्यीय मन्त्री मण्डल बनाएर ईतिहासमा कालो धब्बा लगाएको आरोप समेत लगाउनुभयो ।  


  अहिलेको गठबन्धन सरकारको तालमेल नभइ झालझेल भएको एमाले उपाध्यक्ष रावलको आरोप रहेको छ । यो जालझेलले देशलाई अद्योगति तर्फ धकेलिरहेको र मुलुकलाई संकटतर्फ डो¥याइरहेको उहाँको आरोप छ । शब्दले विरोध गर्नुभन्दा अब नतिजा देखाएर मुलुकलाई समृद्धितर्फ अगाडी बढ्नुपर्ने समय आएकाले सहि मार्गमा अघि बढ्न उपाध्यक्ष रावलले कार्यक्रतालाई आग्रह गर्नुभयो ।

 
  यस्तै उहाले नेकपा एमाले थारु विरोधी नभएको स्पष्ट समेत पार्नुभयो । उपाध्यक्ष रावलले थारु समुदायका हकहितलाई एमालेले अन्य पार्टिभन्दा भन्दा बढि प्राथमिकतामा राखेको दाबी गर्नुभयो । त्यसको ज्वलन्त उदाहरण स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित थारु जनप्रतिनिधि रहेको उहाँको भनाइ थियो ।
 

प्रतिकृया दिनुहोस