Nepali Remake

03:10 PM - 04:00 PM

Sunday, July 22 2018, 15:56 | आइतबार ०६, साउन २०७५ १५:५६
इन्सेकको आयोजनामा बालअधिकार सम्बन्धी तालिम सम्पन्न

बिहिबार, २२ भदौ २०७४| Hari Joshi
इन्सेकको आयोजनामा बालअधिकार सम्बन्धी तालिम सम्पन्न

भदौ २२ धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बालअधिकार चेतना समुहका सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तीनदिने बालअधिकार तालिम सम्पन्न भएको छ । 


तालिममा बालअधिकार, शिक्षाको अधिकार ,बाल अधिकारको बर्तमान अवस्था ,बाल अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय महासन्धि र कानुन, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बालश्रम शोषण , कारण र परिणाम ,बालअधिकार चेतना समुहका कामकत्र्तव्य र स्कुलमा रहेका समस्याहरुको पहिचान लगायत विषयमा छलफल भएको थियो । 
 उक्त विषयमा इन्सेक सु.प. क्षेत्रीय संयोजक खडकराज जोशी, प्रलेख अधिकृत कृष्ण विक, कार्यक्रम संयोजक दिलबहादुर चौधरी, एडजस नेपालका अध्यक्ष चित्रा पनेरु, सिविन नेपालका क्षेत्रिय संयोजक माधव लोहनीले सहजीकरण गरेका थिए ।
बालबालिकाहरुको हक अधिकारका बारेमा धेरै नै राष्ट्रिय तथा अन्तराष्ट्रिय महासन्धीहरु बनिसकेता पनि व्यबहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको र गर्न सकेमा मात्र बाल अधिकार सुनिश्चित हुने इन्सेक सु.प. क्षेत्रिय संयोजक खडकराज जोशीले बताउनुभयो । 
भदौ २० गते देखि २२ गते सम्म सञ्चालन भएको बालअधिकार तालिममा कैलाली र कञ्चनपुर जिल्लाका आठ स्कुलका २४ जना बालबालिका सहभागी रहेका थिए ।


बिहिबार २२, भदौ २०७४ ०३:०६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस