---
Thursday, November 23 2017, 02:10 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१०
मदनकृष्णको आत्मकथा ‘महको म’ विमोचन

बुधबार, २१ भदौ २०७४| Admin
मदनकृष्णको आत्मकथा ‘महको म’ विमोचन

भदौ २१ काडमाण्डौ

    हास्यव्यंग्यकार मदनकृष्ण श्रेष्ठका लागि आज विशेष दिन थियो । एकातर्फ विवाहको ४४ औं वाषिर्कोत्सव र अर्कोतर्फ आफ्नो आत्मकथा ‘महको म’ विमोचन । घरमा वाषिर्कोत्सवको सानो कार्यक्रम गरेर मदनकृष्णको सिंगै परिवार याक एन्ड यति होटलमा पुग्यो, जहाँ आयोजना गरिएको थियो पुस्तक विमोचन कार्यक्रम ।

   पार्किन्सन्सका रोगी मदनकृष्ण अनुहारमा अनवरत मुस्कानका साथ अतिथिहरुलाई स्वागत गर्न व्यस्त रहनु भयो । केहीबेरमा उस्तै मुस्कान बोकेर श्रीमती रमिलासहित आउनु भयो  हरिवंश आचार्य ।

  हल खचाखच भरिएपछि कार्यक्रम सुरु भयो । शुरुमा मदनकृष्णका छोरा मञ्चमा उक्लेर बाबुले लेखेको गीत गाउनु भयो ।

गीतको बोल थियो, ‘नभएको भए यहाँ माया भन्ने कुरा, पृथ्वी त रगतमा डुबिसक्थ्यो पुरा ।’


  यमनले ठट्टामा यो गीतलाई ‘अन्तर्रा्ष्ट्रिय गीत’ संज्ञा दिनु भयो ।
‘यो गीत ड्याडीले मम्मीको उपचारका लागि बैंकक जाँदा लेख्नुभएको हो,’ उहाले ‘अन्तर्रा्ष्ट्रिय गीत’ हुनुको तात्पर्य खुलाउन’ भयो । यमनपछि मदनकृष्णकी छोरी सरानाले पनि बाबुको गीत गाउन’ भयो ।

  गीतको बोल थियो, ‘पहिलो दिन तिमीलाई भेट्दा म केही बोल्नै सकिनँ, मनमा यति कुरा खेल्यो कि सुत्नै सकिन ।’ अनि पालो आयो हरिबंशको । उहाले सुरुमा मदनकृष्णसँगको सम्वन्धलाई नयाँ नाम दिन’भयो, जीवन दाइ । ‘म मदन दाइलाई आफ्नो जीवनसाथी भन्दिन, किनकी जीवनसाथी भन्नासाथै श्रीमान(श्रीमतीको कुरा हुन्छ ।

  म उहाँलाई ‘जीवन दाइ’ भन्न अनुमति माग्दछु । मेरा जीवन दाइको आज किताब विमोचन गर्न पाउँदा म खुशीले गदगद छु,’ उहाले भन्न’ भयोे । त्यसपछि हरिवंशले ‘आत्मकथा’ को विषयमा यसरी ठट्टा गन’ । ‘आत्मकथा भनेको पृथ्वीमा भएका सबै कुराको लेख्न मिल्ने रहेछ । मैले पोहोर दशैंताका नै एउटा पत्रिकामा खसीको आत्मकथा लेखेको थिएँ ।

  सो कथामा बाख्राले दुईवटा पाठा जन्माउँछिन् । त्यो बाख्राको पाठा असाध्य रहरलाग्दा हुन्छन् । पछाडिको खुट्टा बुर्कुसी मार्दै उफ्रिन्छन् र धेरै युवतीहरुले त्यसलाई समातेर फोटो खिच्छन् । म्युजिक भिडियोमा छायांकन पनि गरिन्छ । हिरोइनले त्यसलाई स्पर्श गर्छन् ।’ ‘पाठाहरु छिप्पिँदै जान्छन् ।

  दुई महिनापछि एउटालाई बोका र अर्कोलाई खसी बनाउने कुरा हुन्छ । बोको बनाइने पाठा खिन्न हुन्छ, मलाई खसी नबनाउने भो, मेरो जुनी यत्तिकै जाने भो भनेर । खसी बनाउने भनेको पाठो खुशी हुन्छ केके न पाएझैं । दुई महिनापछि जब उसलाई खसी बनाइन्छ, त्यसपछि थाहा हुन्छ खसी हुनुको पीडा ।

  बोका मख्ख पर्छ, मलाई खसी नबनाउने भए भनेर । तर, एक दिन बोकाको पालो आउँछ, मन्दिरमा लगेर त्यसलाई रेटिन्छ, त्यसपछि त्यसलाई बजारसम्म र्पुयाइन्छ ।’


त्यसपछि हरिबंशले रुखको आत्मकथा भन्न थाल्नु भो ।
‘रुखको पनि आत्मकथा हुन्छ । चारकोशे झाडीमा एउटा सिसौको सुरिलो रुख थियो । त्यो रुख मलाई एकछिन पनि बाँच्नै मन लाग्दैन भनेर बिलाप गथ्र्यो । खासमा त्यो रुखको हाँगामा उल्लुहरुले गुँड लगाएका रहेछन् । उल्लुहरु रातभरी सुत्दैनन् । हल्ला मात्रै गर्छन् ।

  अनुशासनमा बस्दैनन् । यस्तो उल्लुहरु बोकेर बाँच्नुभन्दा मर्न पाए हुन्थ्यो भन्ने रुखलाई लाग्थ्यो ।’ ‘संयोगबस एउटा वन तस्कर जंगलभित्र पस्यो र रुख ढाल्यो । त्यो रुखलाई काठ बनाएर फर्निचर पसलमा बेचियो । त्यो फर्निचरलाई संसद भवनबाट कुर्सी बनाउन अर्डर आयो ।

  त्यसपछि रुखका हाँगाहरुले सभासदहरु बस्ने फर्निचर बनाइयो । बिचरा रुख मरेपछि पनि बिलाप गर्दै थियो, ‘सभासदहरु बोक्नुभन्दा बरु उल्लुहरु बोक्नु नै ठीक थियो ।’
त्यसपछि उहा गम्भीर बन्नु भयो ।
  ‘मदन दाइ जस्तो सिंगो र गह्रूंगो मान्छेको आत्मकथा लेखिनै पथ्र्यो । तर, मैले मदन दाइलाई ओभरटेक गर्न पुगेँ । आफू विक्षिप्त भएको बेलामा मैले आत्मकथा लेख्न थालेको थिएँ । त्यो बेलामा म अरु केही काम गर्न नसक्ने अवस्थामा पुगेको थिएँ । बाचांै कि मरौं जस्तो अवस्थामा थिएँ । त्यो बेलामा मेरा बेदनाहरु कसलाई लगेर सुनाउ जस्तो लाग्थ्यो ।

  तर, अरुलाई पीडा सुनाउँदा सुन्ने व्यक्तिले २० प्रतिशत मात्रै त्यो पीडा महसुस गर्न सक्छ । त्यसैले मैले एक्लै कोठामा बसेर चिच्याउँदै भित्तालाई सुनाउँथे । तर, भित्ताले त झन् बुझ्ने सम्भावना नै थिएन । त्यसैले मैले कापीमा आफ्ना भावना कोर्न थालेँ ।

  लेख्दा लेख्दै मेरो आँखाबाट बलिन्द्र धारा आँशु बग्थ्यो ।’मैले आफूले लेखेका कुराहरु रवीन्द्र समिरलाई देखाएँ । उहाले मलाई बाल्यकालदेखिका सम्पूर्ण अनुभूति समेटेर आत्मकथा लेख्न सुझाव दिनुभयो । त्यसपछि मैले अगाडि देखिका कुरा लेख्न थाले ।

  मैले किताबको नाम राखेँ ‘चिना हराएको मान्छे’ । मेरो बिचारमा एउटा किताब २० जना मान्छेले पढ्छन् । ‘यस हिसाबले मेरो किताब कमसेकम २२ लाख जनाले पढ्नुभयो’ उहाले भन्नु भयो ।

 
  आफ्नो भनाइ टुंग्याउने क्रममा मदनकृष्णसँगको सम्वन्धबारे कुरा गर्नु भयो । ‘भनिन्छ साथी भनेको कि उखु जस्तो हुन्छ कि चप्पलजस्तो हुन्छ । उखुलाई जति पछारे पनि, निमोठे पनि, काटे पनि । टोके पनि त्यो गुलियो नै हुन्छ । चप्पलले हिँड्दा साथ दिन्छ तर, पछाडिबाट हिलो छ्यापिरहेको हुन्छ ।

  त्यसैले म मदन दाइ उखु भन्न रुचाउँछु । वैशाखमा ३७ वर्ष लामो जीवनयात्रा पुरा हुन्छ ।’
अन्तिममा मदनकृष्ण मञ्चमा उक्लििनु भयो ।
सुरुमा उहाले आफ्ना दुईवटा गीत सुनाउन’ भयो । अनि सम्बोधन सुरु गनु भयो ।
‘मेरो जिन्दगीको आज ऐतिहासिक दिन हो । आजसम्म लड्दै पढ्दै सम्हालिँदै अगाडि बढेको छु । एकदम खुशी लागेको छ । आज बिहानैदेखि घरमा चहलपहल भइरहेको थियो । बिहेको घरजस्तो माहौल थियो । फलानोलाई फोन भयो ? ढिस्कानोलाई बोलाउने कि नबोउलाउने ? जस्ता कुराहरु भए । यही बिचमा मेरो बुहारी र छोरीले घरमा वाषिर्कोत्सवको सानो सेलिब्रेसन गरे ।’


  त्यसपछि उहाले आफ्नो लेखनीबारे टिप्पणी गर्नु भयोे ।
‘आत्मकथा लेख्न सजिलो हुनुपर्ने हो । कथा लेख्न, उपन्यास लेख्न समय लाग्छ । कल्पना गरेर लेख्नुपर्छ । आत्मकथामा त आफ्नो जीवनको भोगाई यसो सम्झेर कागजमा उतार्ने न हो । त्यो पनि लेख्न पनि मलाई ६ वर्ष लाग्यो’ उहाले भन्नु भयो ।

  ‘मलाई साथीहरुले जीवनी लेख्न प्रेरित गरिरहन्थे । म चाहिँ के छ र मेरो जिन्दगीमा के नै छ र जीवनी लेख्ने कुरा भनेर टारिरहन्थेँ । तर, लेख्दै जाँदा अनेक कुरा सम्झिँदोरहेछ । मैले ०५८ सालमा लेख्न सुरु गरेँ । त्यसको केही समयमै मेरी श्रीमतीलाई क्यान्सर भयो । त्यसपछि दुई वर्षसम्म ठ्याप्पै लेखिन’ उहाले सुनाउनु भयो । उहाले अघि भन्नु भयो, श्रीमतीको अवस्था अलि सुधार भएपछि फेरि लेख्न बसेँ । तर, त्यो लेखाई पनि नियमित भएन ।

  श्रीमतीलाई अलिकति सन्चो भएको दिन र मुड चलेको दिन २ ४ लाइन लेख्थेँ । तर, उनको दुखाई बढेको बेलामा एक अक्षर लेख्न सक्दिनथेँ । पछि म आफैंलाई पार्किन्सन्सले सताउँदै जान थाल्यो । यो अति अप्ठेरो रोग रहेछ । पार्किन्ससका कारण मेरो खुट्टा भूईंबाट उठ्दैन । आफ्नो कुरा आफ्नो खुट्टाले मान्दैन । लेख्दा अक्षरहरु साना(साना हुँदै जाने रहेछन् । एकैसाथ दुई काम गर्न नसकिने रहेछ ।

  किताब लेख्दा औंला चलाउने र अर्को काम हात सार्दै जानुपर्ने हुन्छ । तर मेरो हात चल्दैनथ्यो । अर्को हातले धकेलेर लेख्नुपर्ने भयो ।’ ‘आफ्नो यो सकसबारे उहाले हरिवंशसँग कुरा गर्नु भयो । हरिवंशले दाइ भन्नुस म उतार्छु भनु भयो । तर, अन्ततः उहाले आफैं लेखेर सिध्याउनु भयोँ’ उहाले १ लाख २३ हजार शब्द लेखिसक्नु भएको थियो  । पुस्तकका सम्पादकले छोट्याएर एक लाख ५ हजारमा झारे । पुस्तकको नाम राख्न पनि निकै सकस परेको उहाले सुनाउन’ भयो । नाम छान्ने क्रममा दुई सयभन्दा बढि नामहरु आफूले सोचेको उहाको भनाइ थियो ।

  ‘मैले सुरुमा शुन्य भित्रको म राख्छु भन्ने सोचेको थिएँ । तर, यो नाम आफैंलाई त्यति आकर्षक लागेन । त्यसपछि यमनलाई भनेँ नाम के राखौं ? उसले ‘यमनको ड्याडी’ अथवा ‘ऋतीको ससुरा’ भनेर राख्नुस् । हरिबंशको चिना हराएको मान्छे जस्तै गरी ‘खुट्टा सुन्निएको मान्छे’ राखौं पनि भन्यो । तर, यो ठट्टा मात्र थियो ।’
त्यसो त मदनकृष्णले लेखेको यो पहिलो किताब होइन रहेछ । ‘यो मेरो दोस्रो किताब हो, पहिलो किताब ‘साझा पृथ्वी’ भन्ने किताब लेखेको थिएँ । यो किताब ७० वटा बोर्डिङ स्कुलहरुले कोर्स बुकमा राखेका छन्’ उहाले सुनाउनु भयो । आफ्नो भाषणको अन्त्यमा उहाले धेरै धन्यवाद दिनु भयो ।

  आफ्नी श्रीमतीदेखि छोरीको नन्दसम्मलाई धन्यवाद दिन भ्याएका उहाले हरिबंशको नाम लिन भने भुलनु भएछ   । मञ्चमा फर्केर उहाले हरिबंशलाई धन्यवाद दिँदै भन्नु भयो, ‘हरिबंशजस्तो अद्वितीय र असाधारण मित्र दिनुभएकोमा उसको आमाबुवालाई पनि धन्यवाद दिन चाहन्छु ।’
 


बुधबार २१, भदौ २०७४ १२:०६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस