Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:18 | मङ्गलबार १०, असोज २०७४ २०:१८
योगेश भट्टराईको घोषणाः केपी ओली नै भावी प्रधानमन्त्रीको उम्मेदवार

आइतबार, १८ भदौ २०७४| Admin
योगेश भट्टराईको घोषणाः केपी ओली नै भावी प्रधानमन्त्रीको उम्मेदवार

  पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग बहस र विवाद गरिरहने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका सार्वजनिक अभिव्यक्ति सुन्दाचाहिँ ओलीकै बोलीको झल्को आउन थालेको छ । पार्टी्भित्रको अन्तरसंघर्षमा सधैं ओलीको विपरीत लाइनमा उभिने गरेका भट्टराई पछिल्ला राष्ट्रिय राजनीतिक एजेण्डामा भने ओलीको आधिकारिक प्रवक्ताकै रुपमा प्रस्तुत हुन थालेका छन् ।

  हुन त पार्टी प्रचार विभाग प्रमुख भनेको प्रवक्ताकै जिम्मेवारी हो । तर, उहा त्यो जिम्मेवारीमा रहेका कारण मात्र अध्यक्षको बोलीसँग उहाको बोली मिलेको होइन । अध्यक्षले पार्टीलाई एकतावद्ध बनाउनुपर्छ र अध्यक्षलाई पार्टीले राष्ट्रको नेताका रुपमा अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने भट्टराई आगामी चुनावमा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने पक्षमा देखिएका छन् ।

  एमालेले औपचारिक निर्णय नगरे पनि उहाले इच्छा व्यक्त गरेको खण्डमा प्रधानमन्त्रीको उम्मेदवार ओलीलाई नै घोषणा गरेर संसदीय र प्रदेशसभाको चुनावमा जाने सम्भावना रहेको भट्टराईले बताउनु भयो ।  भट्टराईले कांग्रेसले एमालेसँग एक्ला एक्लै भिड्ने सामथ्र्य गुमाइसकेको दाबी गर्दै एमालेले ओलीको नेतृत्वमा बहुमत ल्याएर चुनाव जित्ने ठोकुवा गरे । प्रस्तुत छ, भट्टराईसँगको कुराकानीका अंश, जुन प्रदेश २ को चुनावबाट शुरु गरियो 


प्रदेश २ को चुनावमा एमालेको प्रतिस्पर्धा दोस्रो कि तेस्रो स्थानका लागि हो ?


   प्रदेश २ को चुनावमा एमालेको प्रतिस्पर्धा दोस्रो कि तेस्रो स्थानका लागि हो ? एमाले यो देशको पहिलो पार्टी बनेको छ । प्रदेश नम्बर २ मा हामी दोस्रो वा तेस्रो होइन, पहिलो स्थान सुरक्षित गर्दैछौं । जसले एमालेलाई बुझेको छैन र मधेश बुझेको छैन, त्यस्ताले भनेका आधारमा तपाईको प्रश्न प्रभावित भएको देखियो ।


उम्मेदवार समेतअरु पार्टीबाट एमालेमा प्रवेश गराउँदै उठाएको अवस्था छ, कसरी हुन्छ एमाले मधेसमा पहिलो ?


  हामीले केही ठाउँमा व्यक्तिको प्रभाव हेरेर, स्थानीय आवश्यकताका आधारमा पार्टी कमिटीको सिफारिसबाट कतिपय प्रभावशावली व्यक्तिलाई एमालेमा प्रवेश गराएर टिकट दिएका छौं । तर, त्यस्तो संख्या अत्यन्तै कम छ । कतिपय स्वतन्त्र र प्रतिष्ठित व्यक्तिहरु जो मधेसका स्थापित व्यक्तित्व हुनुहुन्छ उहाँहरु एमालेको नीतिबाट प्रभावित भएर एमाले प्रवेश गर्नुभएको छ ।


रामचन्द्र झा, रामेश्वर राय लगायतका नेताहरुलाई एमालेमा प्रवेश गर्न नदिन पनि एमालेकै नेताहरु लागेको कुरा पनि आयो नि ? भाग खोसिन्छ भनेर हो ?


  हामीले कुनै नेतालाई पार्टीमा ल्याउनेरनल्याउने भनेको छैन । एमालेमा प्रवेश गर्न चाहनेहरुले एमालेप्रति सकारात्मक धारणा राख्नुपर्छ । तपाईले नाम लिएकामध्ये कतिपयले मनमा एमालेमा आउन खोज्ने तर अरुतिर पनि संवाद जारी राखेको पाइयो । यस्तो दोहोरो मान्यता राखेर एमालेमा आउनुको अर्थ छैन । एमालेमा आउनुभन्दा पहिले नै कुनै पनि कुराको बार्गे्निङ गर्ने कुरा ठीक छैन, त्यस्तालाई हामी प्राथमिकता दिँदैनौं । एमालेमा आउने हो भने निःशर्त रुपमा एमालेको नीति सिद्धान्त स्वीकार गरेर आउनुपर्छ ।
यहीबीचमा संविधान संशोधन असफल पार्न एमालेले भूमिका खेलेकाले पनि अब एमाले प्रवेशको क्रम रोकिएको हो कि ?


   संविधान संशोधनको विपक्षमा एमाले छ भन्ने कुरा आजमात्र थाहा भएको होइन । हामीले यो संशोधन औचित्यहीन छ, फिर्ता लेऊ भनेर सरकारलाई पटक(पटक भनेका हौं । यो मतदानमा नलैजाऊ भनेकै हो । जसले संविधान संशोधन विधेयक एमालेले असफल बनायो भन्नेहरुलाई हाम्रो आग्रह छ, त्यो प्रश्न हामीलाई होइन कांग्रेस र माओवादी केन्द्रलाई सोध्नुस् । जुनबेला कमल थापाको पार्टी एकीकृत थियो र संविधान संशोधनको पक्षमा निर्णय गरेको थियो, त्यो बेला मतदानमा लानुभएन । त्योबेला करिब(करिब उहाँहरुको पक्षमा दुई तिहाई थियो । जब राप्रपा विभाजित भयो र हेटौंडामा बैठक बसेर कमल थापाले मतदान नगर्ने निर्णय गरे, त्यसपछि संसदमा मतदान गराउनुभयो । उहाँहरुको नियत यसबाट पनि प्रष्ट हुन्छ कि यो पारित गर्न ल्याइएको होइन । तर, अब यो नाटक धेरै दिन टिक्दैन ।


यसरी संविधान संशोधन फेल गराएर मधेसको चुनाव जाँदा एमालेलाई घाटा हुदैन ?


  यसले एमालेलाई एउटा फाइदा गरेको छ । संविधान संशोधनको सन्दर्भमा एमाले र राजपासहित केही मधेसी मोर्चाका दलबीच वाकयुद्ध चलिरहेको थियो । तर, यो नाटक सत्तापक्षले खेलेपछि अब हामीहरुबीचको युद्ध सकियो । जे विषयमा हाम्रो विवाद थियो, त्यो सकियो । एमालेका कारणले संविधान संशोधन असफल भएको होइन । एमालेले त प्रष्टैरुपमा आफ्नो अडान राख्दै आएको हो । अब कांग्रेसले आफ्नै बुतामा चुनाव लड्न सक्दैन भन्ने उसले स्वीकार गरिसक्यो ।

  कांग्रेसले एक्लै चुनाव लड्ने सामथ्र्य गुमाइसक्यो । अब नेपालको कुनै पनि चुनावमा कांग्रेसले एमालेसँग एक्लै चुनाव लड्ने आँट गर्दैन,यो प्रष्ट भइसक्यो । उसले वडादेखि संसदसम्म कुनै न कुनै साना दलको बैशाखी खोजेको छ । एमालेलाई धम्की दिएर, मधेसमा एमालेलाई लखेटेर मतदान हुन्छ भन्ने उहाँहरुले पनि सोच्नुभएको थिएन होला । संविधान संशोधनको नाटकको पटाक्षेपपछि अब हाम्रोबीचमा नयाँ युद्धविरामको अवस्था भएको छ । हामीले अब राजपा, उपेन्द्र लगायत सबै दलसँग तालमेल हुन सक्छ भनेर खुलागरेका छौं ।


तर, उनीहरुले मधेस विरोधी एमालेसँग तालमेल हुदैन भनिसके नि ?.


   तालमेल गर्नेरनगर्ने उहाँहरुको इच्छा हो । कांग्रेसकै भूलभुलैया र माओवादीको जादूमा पर्दै जानुहुन्छ भने उहाँहरु आफैं तल पर्दै जाने हो । एमालेले उहाँहरुसँग बैचारिक संघर्ष गर्दै आएको छ र गरिरहन्छ । गलत कुरामा एमाले कुनै स्वार्थका कारण सम्झौता गर्दैन ।


 कांग्रेसले राजमार्ग क्षेत्रमा माओवादीसँग र कोर मधेसमा राजपासँग तालमेलको तयारी गरिरहेको छ, एमाले आफैं रक्षात्मक रहेको अवस्थामा कांग्रेसले सबैसँग तालमेल गर्दा तपाईहरुलाई अप्ठेरो पर्दैन ?


  पहिलो कुरा एमाले मधेसमा रक्षात्मक छैन । हामी मधेसमा एकदमै अफेन्सिभ छौं । तराई मधेसमा मुख्यगरी दुई विचार छन् । एउटा एमालेले लिएको विचार छ अरु सबै १०र १५ पार्टीको एउटा विचार छ । एमाले तराई मधेसमा एउटा होलसेल व्यापारी हो । कांग्रेस, माओवादी, राजपाहरु भनेका फुटकर व्यापारी हुन् । कांग्रेस, माओवादीभित्र रहेका व्यक्ति र स्वतन्त्र व्यक्तिहरु पनि नेपालले राष्ट्रिय हितको पक्षमा लिएको अडानको समर्थन गरेका छन् ।

  एमालेले मधेसको विकास र सम्वृद्धिका लागि लिएको नीति र उसले आफ्नो नेतृत्वको सरकारका बेला गरेका कामको मूल्यांकन जनताले गरेका छन् । मधेशमा खासगरी एमाले भर्सेस अरु सबै दलको विचारको लडाई हुँदैछ । एमालेको पक्षमा मधेसको आधा हिस्सा छ भने बाँकी आधा हिस्सा अरु सबै दलले बाँड्ने हुन् ।

  र, अर्को कुरा मधेसका बुद्धीजीवीहरु, जो हिजो एमालेको विरोधमा असाध्यै नकारात्मक ढंगले प्रस्तुत हुन्थे, उनीहरु पनि मधेसको सबैभन्दा ठूलो शत्रु कांग्रेस हो भन्ने निष्कर्षमा पुगेर लेख्न बोल्न थालिसकेका छन् । मधेसको शोषण गर्ने र भोट लिएर मधेसीलाई चोट दिने पार्टी कांग्रेस हो भन्ने त्यहाँ सबैले बुझिसके ।


तर, सबै दल मिलेर चुनाव लड्दा गणितमा त तपाईहरु पछि पर्नुहुन्छ नि ?


   उहाँहरु मिलेर चुनाव लड्नुहुन्छ भने हामीले रोक्ने कुरा भएन । उहाँहरु अस्ति पहिलो र दोस्रो चरणमा पनि एमालेविरुद्ध मिलेकै हो । आमरुपमा कांग्रेस माओवादी मिलेरै चुनाव लडेका हुन् । एकाध ठाउँमा एमाले हराउन सफल भए पनि आम रुपमा कांग्रेस माओवादी तालमेल सफल भएन ।

  भरतपुरजस्ता केही ठाउँमा राज्य सत्ता र विदेशी शक्ति समेत लगाएर प्राबिधिक रुपमा जबर्जस्ती जित निकाले पनि त्यो अर्थ छैन । एमालेलाई जनताले साथ दिएका छन् । सधैंभरि भरतपुर जस्तो गराउन सकिन्छ भन्ने नसोचे हुन्छ ।


तपाईहरुको आशय चाहिँ कांग्रेससँग एक्ला एक्लै चुनाव लड्न पाए पहिलो हुन सकिन्थ्यो भन्ने देखियो होइन ?


   इतिहासमा बडो रमाइलो ठाउँमा नेपालको राजनीति आइपुग्यो । २००७ सालदेखि यताका चुनाव हेर्ने हो भने मूलतः कांग्रेस एक्लै चुनाव लड्थ्यो । अरु वामपन्थी धेरैजसो मिलेर लड्थे । कांग्रेस एउटा मूल प्रवाहका रुपमा थियो । तर, अहिले के देखियो भने अब कांग्रेसले आफ्नै बुतामा चुनाव लड्न सक्दैन भन्ने उसले स्वीकार गरिसक्यो । कांग्रेसले एक्लै चुनाव लड्ने सामथ्र्य गुमाइसक्यो । अब नेपालको कुनै पनि चुनावमा कांग्रेसले एमालेसँग एक्लै चुनाव लड्ने आँट गर्दैन,यो प्रष्ट भइसक्यो ।

  उसले वडादेखि संसदसम्म कुनै न कुनै साना दलको बैशाखी खोजेको छ । कांग्रेस अब एमालेसँग सिंगल सिंगल भिड्न सकिँदैन भन्ने निष्कर्षमा पुगेको छ, त्यो पनि औपचारिक रुपमै । यो नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेका विषय हो । अब नेपालको राजनीति एमाले पक्ष भएर नेपाली राजनीतिको प्रवृत्ति अघि बढ्छ । एमालेले एक्लै चुनाव लड्ने सामथ्र्य बनाएको छ । मुख्य प्रतिस्पर्धी दल एउटा ओह्रालो लाग्दैछ,अर्को उकालो लाग्दैछ । यो राम्रो संकेत हो ।


जे जे भने पनि दुई पार्टी मिलेर एउटा हराउन त सक्छन् नि ?


  चुनाव जित्ने नाममा कांग्रेसले धेरै मिसावट गर्दैछ, नक्कली सामान मिसाएर घर बनाउँदैछ । विभिन्न कम्पनीका प्रोडक्टहरु मिसावट गर्दैछ, कांग्रेसको घर उभिनेवाला छैन । कांग्रेसले एक्लै चुनाव लड्ने क्षमता त अब गुमाइसकेको छ । मुख्य प्रतिस्पर्धी पार्टी इतिहासमै सबैभन्दा कमजोर र आत्मविश्वास गुमाएको अवस्थामा छ । यो त एमालेको लागि सबैभन्दा खुसीको कुरा हो ।


माओवादीलाई कांग्रेससँग तालमेल गर्ने अवस्थामा जान नदिन एमालेले किन सकेन, यसको समीक्षा गर्नुपर्दैन ?


  माओवादी र हाम्रो बीचको तालमेल किन बिग्रियो भन्ने भन्ने बारेमा समीक्षा गर्नुपर्छ । म व्यक्तिगतरुपमा एमाले र माओवादीबीचको तालमेल टुट्नु हुँदैनथ्यो, यसमा हाम्रो तर्फबाट कमजोरी छन् भने लिनुपर्छ भन्ने पक्षमा छु । तर, माओवादीको चरम सत्तामोह र अधैर्यताले कति काम गरेको हो भन्ने पनि हामीले बुझ्नुपर्छ । प्रधानमन्त्री बन्नुस् भनेर हामीले नै प्रचण्डलाई अफर गरेका थियौं । लामो यात्राको लागि एउटा परिपक्व वातावरण बनाउन खोज्दै थियौं । तर, उहाँ अत्तालिएर जानुभयो ।

  उहाँले कतिपय अन्तर्रा्ष्ट्रिय शक्तिको दबाव पनि थेग्न सक्नुभएन । प्रधानमन्त्री त उहाँलाई एमालेले पनि दिएकै थियो । तर, त्यसको अर्थ माओवादी र कांग्रेसको विचार र व्यवहार नै छुटिन छाडिसक्यो भन्ने तहमा उहाँहरु पुग्नु हुँदैन थियो । अहिले त बाहिर सुनिन्छ, अब कांग्रेस माओवादीबीच पार्टी एकीकरणकै तहमा छलफल हुने थालेका छन् । दश वर्ष वा बीस वर्षसम्म मिलेर चुनाव लड्ने, कतिपय ठाउँमा एउटै चुनाव चिन्हमा जाने भन्ने कुराले त्यही संकेत गर्छ ।

  एमालेलाई निषेध गरेर लोकतन्त्र बलियो बनाउने उहाँहरुको मिसन हो भने त्यसले माओवादीलाई सबैभन्दा पहिले सिध्याउँछ । उहाँहरुलाई अहिले बाहृय प्रभुहरुले जुरुक्कै बोकेका छन्, तर तिनै प्रभुले माथिबाट खँदार्नेछन् ।


तपाईहरु ‘विदेशी प्रभु’बाट साह्रै डराउन थाल्नुभयो होइन ? अस्ति भारतीय थिंक ट्यांकहरुले पनि अब नेपालमा एमाले आउनु भनेको डिजास्टर हो भनेपछि तपाईहरुमा छटपटाहट बढेको हो ?


   एमाले त्यसबाट डराउदैन । बरु जसरी भारतीय मिडियामा एमालेको बारेमा बहस भइरहेका छन्, एमालेलाई रोक्न नेपालका अन्य दलहरु मिलाउनुपर्छ भारतले भनेर उनीहरुले सत्तालाई सुझाव दिइरहेका छन्, त्यसबाट धेरै खेल उनीहरुबाटै खुलासा हुँदैछन् । कांग्रेस माओवादीलाई कसले मिलाइदिएको हो भन्ने उनीहरु नै पोल खोलिरहेका छन् । जे कुरा ढाकछोप हुँदै थियो, हामीले नै बनाएको एलाइन्स हो, कांग्रेस माओवादी नै बसेर बनाएको भनेर लिपीपोती गर्दै हुनुहुन्थ्यो, त्यो त कुरा एक्सपोज भयो ।

  भारतीय नेता, थिंक ट्यांकहरु जसरी एमालेविरुद्ध लागिरहेका छन्, त्यसले कांग्रेस माओवादी गठबन्धनको औचित्य प्रष्ट हुन्छ । यो गठबन्धन उनीहरुको बुताबाट बनेको होइन भन्ने भारतीयहरुलेनै पुष्टि गरिदिए । तर, यसबाट उत्तेजित भएर एमाले माओवादीजस्तो बाहिर सुरुङ युद्ध भन्ने, भित्र बिन्तीपत्र हाल्ने काम गर्दैन । एमाले सुरुङ खन्दै हिँड्दैन । हामी चिनियाा कार्ड देखाएर राजनीतिमा टिक्न चाहादैन । हामी दुबै छिमेकीसाग समान सम्बन्ध कायम राख्न चाहान्छौं तर त्यो सम्मानमा आधारित हुनुपर्छ । एमाले फित्कौली पार्टी होइन । हामी उत्तेजनामा वा प्रतिक्रियामा राजनीति गर्न चाहदैन ।


तर, पनि तपाईहरु कताकता आत्तिएको चाहिँ बुझ्न सकिन्छ । सत्ता शक्ति उनीहरुसँग छ, विदेशी समर्थन पनि छ, गठबन्धन पनि ठूलै हुँदैछ, यसबाट एमाले आत्तिएको छैन भन्दा कसले पत्याउँछ ?


   शेरबहादुरभन्दा सयौं गुना बलिया नेता थिए गिरिजाप्रसाद । उनले गराएको चुनावमा एमाले पहिलो भएको हो । आजभन्दा धेरै शक्ति दुरुपयोग त्योबेला भएको थियो । जसरी भारतीय मिडियामा एमालेको बारेमा बहस भइरहेका छन्,एमालेलाई रोक्न नेपालका अन्य दलहरु मिलाउनुपर्छ भारतले भनेर उनीहरुले सत्तालाई सुझाव दिइरहेका छन्,त्यसबाट धेरै खेल उनीहरुबाटै खुलासा हुदैछन ।

  तपाईलाई इतिहास सम्झाउन मन लाग्यो कि, त्यस्तो एउटा क्षमता भएका गिरिजाप्रसाद कोइराला अन्ततोगत्वा माधव नेपालसँग रत्नपार्कको तातो पीचमा पलेटी कस्न आइपुग्नुभयो । शेरबहादुर देउवाजी त के हो र ? विदेशीले बोकेको व्यक्तिको शक्ति कति हुन्छ भन्ने हामीलाई थाहा छ । उहाँहरुले सत्ताको दुरुपयोग गरेर दुईरचार ठाउँको परिणाम तलामाथि गर्न सक्नुहुन्छ । त्यो त स्थानीय तहको निर्वाचनमा पनि केही ठाउँमा गर्नुभयो । तर एमाले आत्तिएको छैन र उनीहरुसँग सत्ता शक्ति, विदेशी प्रभू सबै छन्, एमालेसँग जनता छन् ।


कतिपयले एमाले आफू पनि सरकारमा सहभागी भएरमात्र चुनावमा सहभागी हुन्छ भन्ने सोचेका थिए,तर तपाईहरुले सर्वदलीय सरकारको मागनै राख्नुभएन होइन ?


   नेपालको संविधानको कार्यन्वयनका लागि चुनाव अनिवार्य छ । कुन पार्टी कुन चुनावमा जित्छ हार्छ त्यो दोस्रो कुरा हो । जित्दामात्र चुनाव गर्ने, हार्दा नगर्ने भन्ने कुरा एमालेलाई स्वीकार्य छैन । चुनावहरु नियमित प्रक्रियाबाट हुन्छन् भने एमालेका लागि सबैभन्दा खुसीको कुरा हो । किनकि यो संविधान हामीले नेतृत्व गरेर बनाएको हो । यसको कार्यन्वयन गर्ने कुरा एमालेको मुख्य सरोकार हो । एकाध ठाउँ सत्ताको दुरुपयोग भयो र हुनसक्छ । तर एमाले पनि चूप लागेर बस्ने पार्टी होइन ।

  हामी निर्वाचन आयोग,सेना,प्रहरी र राज्यका सबै राष्ट्रसेबकलाई आग्रह गर्छौं(तपाईहरु निष्पक्ष भूमिका निर्वाह गर्नुस । सत्तापक्षको दबाब र प्रभावमा नपर्नुस । तपाईहरु के कुरामा ढुक्क हुनुस भने, पुस महिनामा एमालेको बहुमतको सरकार पनि बन्नेवाला छ ।


बहुमतको सरकार त बन्छ भन्नुभयो, कसलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर बहुमत मागनुहुन्छ जनतासँग ?


   हाम्रो पार्टीको संसदीय चुनावको अभियान शुरु भएपछि हामी भावी प्रधानमन्त्रीको उम्मेदवार तय गर्छौं । आउने सरकारमा कसले प्रधानमन्त्रीको रुपमाा नेतृत्व गर्छ भन्ने कुराको निर्णय हामी गर्छौं । हामीले विगतमा पनि कतिपय अवस्थामा यस्तो अभ्यास गरेका छौं । पार्टीको औपचारिक बैठकबाट हामी नेता तोक्छौं ।


हाम्रो प्रश्न( एमालेले कसलाई भावी प्रधानभमन्त्रीका रुपमा अघि सार्ला ?


   स्वभाविक हो,पार्टी अध्यक्षले आफ्नो त्यो चाहना प्रकट गर्दासम्म,पार्टी अध्यक्षको विकल्पको रुपमा अर्को कोही व्यक्ति अघि सर्छ जस्तो मलाई लाग्दैन । पार्टी अध्यक्षभन्दा विलक्षण क्षमता भएको नयाँ नेतृत्व कोही प्रकट भयो भने अध्यक्षले पनि आफू पछाडि बसेर उसलाई अघि बढाउने कुरा होला । तर, यो कुरा अहिले सम्भव देखिन्न ।

  त्यसैले केपी ओली नै हाम्रो तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नुहुन्छ, उहाँले चाहदासम्म । हाम्रा अध्यक्ष केपी शर्मा ओली कमरेडलाई अघि सार्दै गर्दा त्यसमा मेरोे आफ्नो तर्क पनि छ । यो कुरा त्यसै भनेको होइन । पद्दति र प्रणालीका लागि पनि आवश्यक छ । हिजो संसदीय दलको नेताको चुनावमा केपी ओली उम्मेदवार बन्दा पनि हामीले भनेका थियौं, तपाई सिस्टम भत्काउँदै हुनुहुन्छ ।

  हामी निर्वाचन आयोग,सेना,प्रहरी र राज्यका सबै राष्ट्रसेबकलाई आग्रह गर्छौं–तपाईहरु निष्पक्ष भूमिका निर्वाह गर्नुस । सत्तापक्षको दबाब र प्रभावमा नपर्नुस । तपाईहरु के कुरामा ढुक्क हुनुस भने, पुस महिनामा एमालेको बहुमतको सरकार पनि बन्नेवाला छ किनकि त्योबेला पार्टी अध्यक्ष झलनाथ खनाल हुनुहुन्थ्यो, पार्टी अध्यक्षले नै दलको नेतृत्व गर्नु उपयुक्त हुन्छ भनेर हामीले भन्यौं । पछि ओली कमरेड अध्यक्ष भए पनि खनालले दलको नेता छाड्नुपथ्र्यो । तर, त्यस्तो भएन, उहाँले इतिहासमा गल्ती गर्नुभयो भनेर हामीले त्यो बेला भनेकै हो । तर, अहिले त्यही कुरा उठाएर उहाँलाई (केपी ओलीलाई) सबक सिकाउने नाममा अर्को गल्ती गर्नुहुदैन ।


यसपटक सबै शीर्षनेता चुनाव लड्ने कि, बाँडिने हो ?


   यसपटक एमालेका निम्ति धेरै चुनौति छन् र सम्भावना पनि उत्तिकै छन् । हामीले निर्वाचनको समग्र परिचालनको योजना बनाउँछौं । को(को नेता चुनावमा जाने, को को निर्वाचन परिचालनमा बस्ने भन्ने तय हुन्छ । हामी दशैं अगाडि नै निर्वाचन आयोगले मागे अनुसार समानुपातिक उम्मेदवार तय गर्नेदेखि घोषणापत्र जारी गर्नेसम्मका काम गर्छौं । एमाले निर्वाचनमै छ, विश्राम लिनुपर्ने अवस्था अहिले आएको छैन । यसपटक एउटा सशक्त टीम चुनाव प्रचार र व्यवस्थापनका लागि बस्छौं ।

पछिल्लो समयमा एमालेभित्र तपाईहरुले अध्यक्षको भूमिकाबारे कुनै आलोचनात्मक टिप्पणी गर्न छाड्नुभएको छ, चुनाव लागेर हो कि साँच्चै विषयबस्तु नभएर हो ?

   स्वाभाविक हिसाबले पार्टीलाई एकतावद्ध बनाएर लानुपर्छ । त्यसमा मुख्य भूमिका पार्टी अध्यक्षको हुन्छ । हामी पार्टी अध्यक्षबाट त्यो अपेक्षा गर्छौं । उहाँ आफैं प्रधानमन्त्री हुन चुनाव लड्दै हुनुहुन्छ भने आफू प्रधानमन्त्री नहुने खेल पक्का पनि खेल्नुहुन्न ।  कांग्रेस संसदीय दलका सदस्यले भोट हालेर केपी ओली प्रम हुने होइन, संख्या एमालेकै बढी चाहिन्छ । त्यो कुरा हाम्रा अध्यक्षले नबुझ्नुभएको होला भन्ने मलाई लाग्दैन । एमालेलाई एकतावद्ध बनाएर जाँदामात्रै उहाँ प्रधानमन्त्री बन्ने हो । हाम्रो पार्टीमा कुनै एक नेता जादूमय छैन । सबै नेता हामीसँग समान छन् । सामुहिक ढंगले जाँदा मदन भण्डारीभन्दा पनि धेरै क्षमता दिने नेताहरुको टीम हामीसँग छ । हाम्रो अध्यक्ष कमरेड ओलीले यो कुरा बुझ्नुभएको छ ।

प्रतिकृया दिनुहोस