---
Thursday, November 23 2017, 02:09 | बिहिबार ०७, मङि्सर २०७४ ०२:०९
जेसिज कपमा सुदूरपश्चिम ११ को शानदार जित

शनिबार, १७ भदौ २०७४| Hari Joshi
जेसिज कपमा सुदूरपश्चिम ११ को शानदार जित

देवेन्द्र जोशी
चितवन १७,भदौ । चितवनको नारायणगढमा जारी प्रथम राष्ट्रिय जेसिज कप फुटबल प्रतियोगीतामा सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आफ्नो पहिलो खेलमा सानदार जित दर्ता गरेको छ ।
चितवन ११ विरुद्धको आजको खेलमा सुप ११ ले ४-० गोलअन्तरको जित दर्ता गर्न सफल भएको हो । सुप ११ का लागी कप्तान प्रणय अन्जानले खेलको १५औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने विदेशी मुलका खेलाडी अब्दुलले खेलको ३२औँ र ५० औँ मिनेट तथा रामसिंह रानाले ७०औँ मिनेटमा गोल थप्दै समग्रमा सुप ११ ले ४-० गोल अन्तरको नतिजा निकालेको थियो ।
अब सुप-११ले सिधै सेमिफाईनल समिकरणमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।


शनिबार १७, भदौ २०७४ ०८:०१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस