---
Sunday, June 24 2018, 20:44 | आइतबार १०, असार २०७५ २०:४४
सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा सेवा विस्तार

शुक्रबार, १६ भदौ २०७४| Hari Joshi
सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा सेवा विस्तार

एफएम सवाददाता                                                                                                                               धनगढी १४ भदौ । एकपछि अर्को हवाइ सेवा विस्तार हुने क्रममा धनगढीमा अर्को हवाइ सेवा विस्तार भएको छ । नेपालको आन्तरिक हवाई यातायातमा पहिलो पटक जेट जहाज सेवा भित्र्याएको सौर्यको काठमाडौं–धनगढी उडानलाई आज धनगढीमा भव्य स्वागत गरिएको छ ।  सौर्यले आजबाट काठमाडौं–धनगढी रुटमा पनि सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।

सौर्यका उडान कर्मचारी र व्यवस्थापन समूहलाई स्वागत गर्न धनगढी उपमहानगपालिकाकी कार्यवहाक मेयर शुशिला मिश्र सहितको ठूलो समूह धनगढी विमानस्थल पुगेको थियो । सो अवसरमा वोल्दै कार्यवहाक मेयर मिश्रले धनगढी मात्र होइन समग्र सुदूरपश्चिमवासी सौर्यको उडान शुरु हुँदा खुसी भएको बताउनुभयो ।  
सौर्य एयरले हरेक दिन दिउँसो १२ ः १५ बजे काठमाडौंबाट र १३ ः २५ बजे धनगढीबाट काठमाडौंका लागि उडान भर्ने सौर्य एयरलाइन्स प्रालिले जनाएको छ ।

सौर्य एयरको काठमाडौं–धनगढीको उडान अवधि बढीमा ५० मिनेटको हुने बताइएको छ । हाल अन्य एअरलाइन्सको उडान समय ७५ मिनेटसम्मको हुने गरेको छ । काठमाडौंबाट नेपालगञ्ज उडानमा अरु जहाजले ६५ मिनेट समय लगाइरहेकोमा सौर्य एयरको उडान समय ३५ मिनेट मात्रै छ ।

धनगढी उपमहानगपालिकाकी कार्यवहाक मेयर शुशिला मिश्र

दुई वर्षअघिदेखि ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट जहाज’ सञ्चालन गर्दै आएको छ । यसअघि एउटै मात्र जहाज रहेको सौर्यको हालै अर्को जहाज आएपछि धनगढीमा समेत सेवा विस्तार गर्न लागेको हो । सो एयरलाइन्सले हाल काठमाडौंदेखि नेपालगञ्ज, विराटनगर, भद्रपुर र भैरहवासम्म हवाई सेवा सञ्चालन गरिरहेको छ ।

धनगढीमा सौर्यसंगै अब दैनिक पाँचवटा उडान हुने भएका छन् । धनगढीमा वुद्धले दैनिक दुई, नेपाल एअरलाइन्स र श्री एअरलाइन्सले एक, एक उडान भर्दै आएका छन् । 


शुक्रबार १६, भदौ २०७४ ०६:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस